2026-09-22 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल जोर्डनसँग २-० अन्तरले पराजित

जेठ २६, कुवेत | एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा  पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।

पहिलो हाफमा नेपालका  गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डम दबावमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती एघारमा स्थान बनाएका दीपले  खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए । 

जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ  । नेपाल बिनाअंक समूह बीको पुछारमा छ । आजनै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो । 

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र जोर्डनलाई रोक्न असफल भएको बताए । यस खेलमा दीपसँगै बिकास तामाङले समेत नेपालका लागि डेब्यु गरेका छन् । सेन्ट्रल ब्याक बिकास पूरा समय मैदानमा बिताएका थिए ।

अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो