१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख माग्न बाध्य

२६ जेष्ठ २०७९, बिहीबार ०७:१२

जेठ २६, नयाँ दिल्ली | एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको समस्तीपुर सहरमा खिचिएको भिडियो क्लिपमा वृद्ध पुरुष र महिला घरघर गएर मानिसहरूलाई मद्दत मागिरहेको देख्न सकिन्छ ।

अस्पतालका कर्मचारीले आफ्नो मृत छोराको शवको बदलामा मोटो घुस मागेपछि उनीहरूले भिख माग्न बाध्य भएको दम्पतीले बताए । 


दोषी कर्मचारीविरुद्ध कारबाही गरिने कर्मचारीले जनाएको छ । दम्पतीको अवस्थाले हजारौं गरिब भारतीय परिवारहरूको दुर्दशालाई प्रतिबिम्बित गर्दछ जसले अस्पतालबाट शव उठाउन मोटो रकम तिर्नुपर्छ । 

केही दिनअघि मुकेश ठाकुर र उनको पत्नीको छोरा हराए । यसै साताको सुरुमा छोरा हराएको सूचना आयो । उनको शव शहरको सद्दार अस्पतालमा रहेको खुलासा भयो । 

सद्दार अस्पताल पुगेपछि अस्पतालका कर्मचारीले शव लैजान ५० हजार भारु मागेका थिए । कर्मचारीले घुस मागेपछि बाबुआमा छोराको शव उठाउन सर्वसाधारणको घरघरमा पैसा संकलनका लागि पुगेका हुन् । 

उनीहरुले पैसा संकलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

घटनाबारे आफूले नजिकबाट अवलोकिन गरिरहेको सो अस्पतालका चिकित्सक एसके चौधरी बताउँछन् । उनको भनाइ उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले लेखेको छ, ‘दोषीलाई छुट दिइने छैन । यो मानवताको लागि लज्जास्पद विषय हो’। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक