2026-09-22 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै पोस्टमा ४१ गोल गरेपछि दक्षिण अफ्रिकी क्लबलाई आजीवन प्रतिबन्ध

जेठ २६, काठमाडौँ | म्याच फिक्सिङ प्रकरणमा दक्षिण अफ्रिकी फुटबलको चौथो श्रेणीका चारवटा क्लबहरू प्रतिबन्धित भएपछि त्यहाँका निकायहरूले प्रशिक्षक, अधिकारी र रेफ्रीहरूलाई प्रशिक्षित गर्न कार्यशालाको शृङ्खला सुरु गरेका छन्।

उपाधिको प्रतिस्पर्धामा रहेका खेल तालिकाको शीर्ष स्थानका प्रतिद्वन्द्वीहरू माटियासी फुटबल क्लब र शिभुलानी डेन्जरस टाइगर्सबीचको खेलमा अनौठो स्कोर देखा पर्‍यो।

टाइगर्सले कोटोको ह्याप्पी बोइजलाई मे महिनाको अन्त्यतिर ३३-१ गोलले पराजित गरेको थियो। माटियासीले तेस्रो स्थानको नसामी माइटी बर्ड्सविरुद्ध ५९-१ को जित हात पार्‍यो।

म्याच फिक्सिङ अर्थात् मिलेमतो गरेको अभियोगमा मे २२ मा क्लबका अधिकारीहरूमाथि पाँचदेखि आठ सीजन प्रतिबन्ध लगाइयो भने खेलका अधिकारीहरूलाई १० वटा सीजनका लागि प्रतिबन्ध लगाइएको छ।

“यी मानिसहरूमा फुटबलप्रति सम्मान नै छैन र हामी यस्तो दोहोरिन दिने पक्षमा छैनौँ,” मोपनी क्षेत्रका अध्यक्ष भिन्सेन्ट राम्फागोले बीबीसी स्पोर्ट अफ्रिकासँग भने।

“सबैभन्दा दुःखलाग्दो त के छ भने यसमा युवा खेलाडीहरू संलग्न छन्। किनभनेन प्रतियोगितामा हरेक टोलीले कम्तीमा पाँच जना २१ वर्षमुनिका खेलाडी राख्नुपर्ने नियम रहेछ,” उनले भने।

“हामीले लीग आयोजना गर्नुको मुख्य उद्देश्य नै भोलि बफाना बफानाबाट खेल्ने युवा खेलाडी तयार पार्नु हो।” बफाना बफाना दक्षिण अफ्रिकाको राष्ट्रिय फुटबल टोली हो।

तर धेरै गोल गरेर प्रतियोगिताको विजेता बन्ने क्लबहरूको प्रयास असफल भयो। लीगमा चौथो स्थानमा रहेको गावुला क्लासिकलाई दक्षिण अफ्रिकाको मोपनी क्षेत्रमा लीग विजेता घोषणा गरियो।

उक्त क्लबभन्दा अगाडि रहेका तीनवटै क्लब प्रतिबन्धमा परेपछि चौथो स्थानको क्लबले बाजी मार्‍यो। फाइनल खेलअघि सम्म शिभुलानी तीन अङ्कले अघि थियो।

“हाम्रो अनुसन्धानले शिभुलानीलाई प्रतियोगिताको शीर्ष स्थानमा जान नदिन माटियासी र नसामीले म्याच फिक्सिङ गरेको देखियो,” राम्फागोले भने।

पहिलो हाफमा माटियासीले २२-० को अग्रता लिइरहेको थाहा पाएपछि शिभुलानीले कोटोको ह्याप्पी बोइज्सँग मिल्यो। उक्त क्लबका खेलाडीहरू खेल सकिनुअघि नै मैदान छाडेर बाहिर आएपछि उक्त टोलीबाट सात जनाले मात्रै खेले। मैदानबाहिर भएका खेलाडीहरूले आफूहरू थकित भएर खेल्न नसकेको बताएका थिए।

“माटियासीसँगको खेलमा भने रेफ्रीले रातो कार्ड दिएका कारण नसामी सात खेलाडीमा सीमित भएको थियो।”

यसअघि मार्चमा दुईवटा टोलीबीच भएको खेलमा उनीहरूबीच स्कोरको अन्तर निकै कम थियो। माटियासीले नसामी माइटी बर्ड्सलाई २-१ ले पराजित गरेको थियो भने शिभुलानी र कोटोकोबीच भएको खेल २-२ गोलको बराबरीमा टुङ्गिएको थियो।

अनुशासन समितिले सम्बन्धित टोली र अधिकारीहरूबीच मिलेमतो भएर नतिजा बिग्रिएको प्रमाण फेला पारिसकेको छ।

दक्षिण अफ्रिकाको उत्तरी लिम्पोपो प्रान्तका चार टोलीका खेलाडीहरूबारे केही दिनमा निर्णय हुँदै छ।

एक गोलविरुद्ध ३३ गोलबाट पराजित हुने अवस्था निम्त्याउँदै खेलको बीचमै मैदान छाडेका कोटोको ह्याप्पी बोइजका खेलाडीहरूमाथि कडा प्रतिबन्ध हुने ठानिएको छ।

अझ रोचक कुरा के देखा पर्‍यो भने सात खेलाडीमा सीमित भएको नसामीले ५९-१ को स्कोरमा टुङ्गिएको खेलमा ४१ गोल आत्मघाती थिए।

“हाम्रो अनुसन्धानमा के देखियो भने माटियासीका कतिपय गोल [राम्रोसँग दर्ता पनि भएका] थिएनन्। किनभने रेफ्रीले आफ्नो रिपोर्ट राम्रोसँग अर्थ्याउन पनि सकेनन्,” राम्फागोले भने।

“हामीले के भेट्यौँ भने रेफ्रीले ‘दुई नम्बर खेलाडीले १० गोल, पाँच नम्बरले २० गोल’ यस्तैयस्तै भनेर रिपोर्ट बनाएका छन्। त्यहाँ ४१ वटा त आफूतिरै गोल भएका रहेछन्, उनले कसरी यस्तो अभिलेख राखे?” उक्त क्षेत्रको प्रतिस्पर्धा समितिका अध्यक्ष समेत रहेका राम्फागोले भने।

आक्रोश

नसामी माइटी बर्ड्सका प्रशिक्षक नेल त्वालाले राष्ट्रिय रेडिओ स्टेशनसँग कुरा गर्दै माटियासीसँगको खेलमा आफ्ना खेलाडीहरू आक्रोशित भएको बताए।

“हामीले खेलेको अघिल्लो खेलमा हामीलाई रेफ्री नै शिभुलानीको मान्छे हो भनिएको थियो,” नसामीका प्रशिक्षकले भने।

“हामीले चार गोल गरेका थियौँ, तर रेफ्रीले कुनै गोललाई पनि मान्यता दिएनन्। तर उनीहरूले प्रहार गरेको बलले बाहिरबाट नेटमा लाग्दा पनि गोल दिइयो। हामीले यसबारे सम्बन्धित निकायमा उजुरी गर्दा हामीलाई रेफ्रीले गरेको निर्णय नै अन्तिम हुन्छ भनियो,” उनले भने।

“यस्तो भएपछि खेलाडीहरूको ध्यान खेलमा हुन सकेन किनभने उनीहरूले खेल जिते पनि केही नहुने उनीहरूलाई थाहा भयो। मैले प्रशिक्षकको रूपमा उनीहरूलाई दबाव दिने प्रयास गरे पनि त्यो निकै अप्ठ्यारो थियो। मैले गर्न सक्ने केही थिएन।”

अफ्रिकी फुटबलमा अस्वाभाविक स्कोर नौलो भने होइन। सन् २०१३ मा ७९-० र ६७-० ले जित हासिल गरेका दुई वटा टोलीलाई १० वर्ष प्रतिबन्ध लगाइएको थियो।

तर अहिलेसम्मकै उच्च १४९-० को स्कोरलाई भने कसैले जित्न सकेको छैन।

म्याडगास्करको एएस अडेमा र उसको प्रतिद्वन्द्वी एसओ एल्मर्नबीचको खेलमा प्रशिक्षक र रेफ्रीसँगको विवादका कारण खेलाडीहरूले आफ्नै पोस्टमा गोल गरेपछि उक्त स्कोर बनेको थियो।बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो