2026-09-22 05:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानविरुद्ध ‘फेरि हारको कारण खराब ब्याटिङ’

जेठ २७, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्ध खराब ब्याटिङको कारण हार व्यहोर्न बाध्य भएको बताएका छन् । शुक्रबार बिहान समाप्त भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।

खेलपछि प्रतिक्रिया दिँदै कप्तान सन्दीपले भने, ‘हारको कारण ब्याटिङ नै हो । हामी कुनै पनि पनि समय सम्मालिएर खेल्न सकेनौं ।’ 

यसअघि नेपालले दुई ओपनर घाइते भए पनि सुवास खकुरेललाई अमेरिका बोलाएको थियो । उनीसमेत पहिलो खेलमा चल्न सकेनन् । नेपालको ब्याटिङमा पुनः ओपनिङ जोडी चल्न सकेनन् । नेपालले ४० रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो ।

अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट रंगशालामा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ४ ओभरमा सबै विकेट गुमाउनुअघि १९८ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ सेखले सर्वाधिक ६६ रन बनाए । यसबाहेक देव खनालले ३४, रोहित पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४ र सोमपाल कामीले १३ रन बनाए ।

ओमानका जिसन मक्सुद र खवर अलीले समान तीन विकेट लिए । यस्तै, विलाल खानले दुई विकेट लिँदा अयान खानको नाममा एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।

ओमानका कप्तान मक्सुदले सतकीय इनिङ खेलेका थिए । अविजित १०४ बनाएका मक्सुदले १२६ बलमा १२ चौका प्रहार गरे ।

यस्तै, खवर अलीले ३०, सोएब खानले २७ र सुरज कुमारले टिमको खातामा १२ रन जोडे ।

नेपालका करण केसीले सर्वाधिक पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका करणले ३८ रन खर्चिएका थिए । यसबाहेक कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए ।

कप्तान सन्दीपले अन्तिम १० ओभर समेत नेपाली फिल्डिङ सफल  हुन नसकेको बताए । ‘हामी ओमानलाई २०० कटाउन नदिने अवस्थामा थियौं । तर, त्यो सफल हुन सकेन,’ उनले भने ।

जितसँगै लिग २ को शीर्ष स्थानमा रहेको ओमानले ३४ खेलबाट ४२ अंक जोडेको छ । तालिकाका छैटौं स्थानमा रहेको नेपालले १३ खेलबाट १२ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो