2026-09-08 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने

जेठ २८, लण्डन | गैरआवासीय नेपाली संघको एसिया क्षेत्रीय ९औँ बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तीब्र पारिएको छ । एनआरएनए एसिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सम्मेलनमा भाग लिन चाहनेहरुको लागि प्रतिनिधि दर्ता शनिवारदेखि सुरु गरिएको छ । 

अगष्ट २६ देखि २८ सम्म मिलिनियम हिल्टन होटल बैंककमा आयोजना हुने उक्त सम्मेलनको मुख्य नारा मिलाप, टुगेदर वी स्ट्याण्ड राखिएको छ ।

तीन दिन सम्म चल्ने सम्मेलनमा दुई वटा औपचारिक सेसनको कार्यक्रम आयोजना गरिनेछ भने बाँकी अनौपचारिक तथा पर्यटकिय हुनेछन्। 

तीन दिनको लागि ब्रेकफास्ट, लन्च र डिनरसमेत गरी सम्मेलन दर्ता शुल्क ३ सय डलर तोकिएको संयोजक पोखरेलले जानकारी दिए । सो रकममा प्रतिनिधिहरुले क्रुज सयर तथा कक्टेल ड्रिकंको आनन्द लिन सक्नेछन् । 

सम्मेलनमा गैरआवासीय नेपाली संघका अध्यक्षत्रय  कुल आचार्य, रविना थापा, डा। बद्री केसी लगायत संघका पदाधिकारीहरुको विशेष उपस्थिति रहनेछ । सम्मेलनमा पूर्वअध्यक्षहरु समेत विषेश अतिथिको रुपमा उपस्थित हुने अपेक्षा गरिएको छ । 

२५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने सो सम्मेलनमा  नेपाल सरकारका प्रतिनिधिहरु, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु पदाधिकारी तथा सदस्यहरु, मानार्थ सदस्यहरु, एसिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, विभिन्न देशका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपाली, संचारकर्मीलगायको उपस्थिति रहने अपेक्षा गरिएको छ ।   

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा नेपाली समुदायमा रहेका समस्या, नेपालमा लगानी, वैदेशिक रोजगारी, नेपाली नागरिकताको निरन्तरतालगायत संस्थागत एकताको वारेमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल