१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छरिएर रहेको पुँजी एकत्रित गर्न स्काई ग्रुप गठन

२८ जेष्ठ २०७९, शनिबार ०९:२०

जेठ २८, काठमाडौं | वृहत्तर व्यापारिक समूह गठन गरी व्यापारमा विविधिकरण गर्दै अघि बढ्ने प्रणसहित शनिवार काठमाडौंमा स्काई ग्रुप नामक संगठन गठन भएको छ ।  ग्रुपका अध्यक्ष कृष्णप्रसाद अवालले छरिएर रहेको पुँजीलाई एकत्रित गरेर लगानीलाई व्यापक पार्नु मुख्य उद्देश्य रहने बताए ।

यस्तै ग्रुपका प्रमुख सल्लाहकार युवक राजभण्डारीले देशभरका उद्यमी व्यवसायीलाई एकै समूहमा समाहित गर्दै अघि बढ्ने बताए । उनले धेरै क्षेत्रका अनुभवी व्यक्तिहरूको संलग्नताले ग्रुप मजबूत भएको बताए ।

ग्रुपका सञ्चालक शिवप्रसाद मानन्धरले हार्डवेयर व्यवसायलाई प्राथमिकतामा राखेर सुरु गर्न लागिएको कम्पनीले भविष्यमा हाउजिङ्ग, रियल इस्टेट, अटोमोबाइल, र अन्य सम्भावित उद्योगहरुमा लगानी गर्ने लक्ष लिएको बताए । 

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंंघका अध्यक्ष रवी सिंह, वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, सल्लाहकार विकास बज्राचार्य, सल्लाहकार अजय पाण्डे, सञ्चालक अनिल साह, प्रमुख कार्यकारी अधिकृत उमेश बरालले ग्रुपको आवश्यकतमाथि चर्चा गरे । 

भक्तपुरका प्रतिष्ठित व्यापारीहरूको सामूहिक प्रयासमा सुरु भएको स्काई ग्रुपले देशका विभिन्न व्यापारिक केन्द्रका स्थापित व्यवसायीलाई समावेश गरी ग्रुप बनाएको हो । ग्रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, भरतपुरलगायत स्थानका करिब एक सय व्यवसायी सहभागी छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार