६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सोमबारबाट सीवाईसी नेपालको धितोपत्रमा कारोबार हुने, ओपनिङ मूल्य १०३३ रुपैयाँसम्म हुने सक्ने

२९ जेष्ठ २०७९, आईतवार ०६:३२

जेठ २९, काठमाडौं | सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार मान्दा नेप्सेले दिने ओपनिङ रेञ्जको आधारमा उक्त तथ्याङ्क देखिएको हो ।

नेप्सेले हरेक कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थलाई आधार मानेर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधिकतम ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।  यसआधारमा कम्पनीले न्यूनतम ३४४.३६ रूपैयाँ पैसादेखि अधिकतम १०३३.०८ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । यो आधारमा कम्पनीको धितोपत्रको दोस्रो बजार (नेप्से) मा पहिलो कारोबार न्यूनतम ३४४ रुपैयाँदेखि १०३३ रुपैयाँसम्म जुनसुकै मूल्यमा पनि कारोबार खुला हुन सक्नेछ ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबारका लागि सीवाईसीएल संकेत (सिम्बोल) दिएको छ । सोमबारदेखि कम्पनीको यहि कारोबार संकेतमा लघुवित्तको सेयर कारोबार सुचारु हुनेछ । ओपनिङ रेन्ज अनुसार पहिलो कारोबार न्यूनतम ३४४.३६ रुपैयाँदेखि अधिकतम १०३३.०८ रुपैयाँभित्र रहेर हुनेछ ।

सीवाईसी नेपाल लघुवित्तको शुक्रबार कम्पनीको आईपीओसहित कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको धितोपत्रको कारोबार जेठ ३० गते सोमबार बिहान साढे १० देखि पौने ११ बजेभित्र स्पेशल प्रि ओपनिङ्गमा कारोबार भएपछि नियमित कारोबार खुला हुनेछ ।

लघुवित्तले २–६ वैशाखसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको तीन लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । कुल जारी सेयरमध्ये जारी पूँजीको ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

उक्त सेयरमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर ३ लाख ६९ हजार ४८८ कित्ता सेयर १५ वैशाखे बिहीबार बाँडफाँट सम्पन्न भएको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ गोलाप्रथाबाट ३६ हजार ९४८ जनाले आईपीओ प्राप्त गरेका थिए । 

लघुवित्तको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यसमध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएकाले २२ लाख दुई हजार ३६१ वटा आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । त्यसअनुसार २२ लाख पाँच हजार ६३३ जनाको आवेदनबाट दुई अर्ब ४५ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको दुई करोड ४५ लाख २० हजार १४० कित्ताको माग भएको थियो । जुन सर्वासधारणबाट माग भएको कित्ताको ६६.३६ गुणा बढी थियो । रद्द भएको तीन हजार २७२ जनाको आवेदनबाट ३६ लाख ४९ हजार रुपैयाँ बराबरको ३६ हजार ४९० कित्ताको माग रद्द भएको छ ।

आईपीअघि आठ करोड २१ लाख ८ हजार २४० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै