2026-07-26 07:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्फा चुनाव : पुनरावेदनले कर्माछिरिङनिकट तीन मताधिकार फर्कायो

जेठ ३१, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न ६ असारको निर्वाचनमा ९ भोटका लागि परेको अपिलमध्ये तीन मतदाताले मताधिकार फिर्ता पाएका छन् ।

निर्वाचन समितिले यसअघि मताधिकारबाट वञ्चित गरेका चार मतदातासहित थप पाँच मताधिकारमाथि अपिल परेको थियो । जुन निर्णयसँगै अध्यक्ष पदमा पुनः दोहोरिन चाहेका कर्माछिरिङ  शेर्पा पक्षलाई फाइदा पुगेको थियो । 

अपिल कमिटीले सरस्वती क्लब, फ्रेन्ड्स क्लब र महिला फुटबल संघलाई मताधिकार दिने भएको छ । यसअघि निर्वाचन समितिले भने सिरहा जिल्लासहित कर्माछिरिङ शेर्पा प्यानलका चार मतदाताको मताधिकार खोसेको थियो । तर, अपिल कमिटीले चारमध्ये तीन जिल्लाको मताधिकारको निर्णय उल्ट्याएको छ ।

सिरहा जिल्लाको भने निर्वाचन समितिले खोसेको मताधिकार फिर्ता भएको छैन । यसअघि निर्वाचन समितिमा दावी–विरोध परेर बदर भएका चार मतदाता– महिला समिति, सिरहा जिल्ला, फ्रेन्ड्स क्लब र सरस्वती क्लबले मताधिकार पाउनु पर्ने भनेर अपील परेको थियो ।

यस्तै, सिन्धुली जिल्लाले पनि मताधिकार पाउनु पर्ने दाबी गर्दै अपील गरेको थियो । स्याङ्जालाई मताधिकारको सूचीबाट हटाउनु पर्ने भन्दै अपील परेको थियो । रौतहटका नेपाल कार्कीमाथि पनि अपिल परेको थियो । यस्तै, आरसी ३२ र कैलालीको स्टार सिटीमाथि पनि अपिल परे पनि निर्णय परिवर्तन भएको छैन । 

६ असारमा हालका अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ आ आफ्नो प्यानल सहित अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ