१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्थ मन्त्रालयमा मध्यराति अनाधिकृत व्यक्ति प्रवेशबारे छानबिन गर्न संसदीय समितिको माग

३१ जेष्ठ २०७९, मंगलवार १२:०६

जेठ ३१, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल एमालेले अर्थ मन्त्रालयमा मध्यराति अनाधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरिएको भनिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगरेको र राज्यको नीति नियम र प्रक्रियाभित्र रहेर बजेट निर्माण गरिएको जवाफ दिएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको हो । 

१४ जेठमा अर्थमन्त्री शर्माले मध्यराति दुई जना अधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ । 

उक्त घटना वित्तीय अपराध रहेको भन्दै संसद बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सो घटनाबारे छानबिन गर्न संसदीय समिति गठन र उक्त दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना