१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू मर्ज हुँदै, ३४ अर्ब पुँजीकाे सबैभन्दा ठूलो बैंक बन्ने

२ असार २०७९, बिहीबार ०९:२९

असार २, काठमाडौं | ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एकआपसमा मर्ज हुने भएका छन् । आज (बिहीबार) यी दुवै बैंकबीच मर्जका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मर्जर सम्झौता भएसँगै यी दुवै बैंकको शेयर दोस्रो बजारमा कारोबार रोक्का गरिएको छ । दुई ठूला बैंकहरूबीच भएको यो ‘बिग मर्जर’ सम्झौताले नेपाली बैंकिङ क्षेत्रमा तरंग ल्याएको छ । बैंकहरुको संख्या घटाउने र बिग मर्जरमा लैजाने केन्द्रीय बैंकको नीति रहेसँगै यस मर्जरले अन्य बैंकहरुबीचको बिग मर्जरको ढोका समेत खुलेको छ ।

मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम भने ‘ग्लोबल आइएमइ बीओके’ बैंक रहने बताइएको छ । साथै प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने हाल ग्लोबल बैंककै सिइओ रत्नराज बज्राचार्य रहनेगरी सम्झौता भएको छ ।

हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने बैंक हफ काठमाण्डौको चुक्ता पुँजी १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ, जुन पुँजीका हिसाबले नेपालकै सर्वाधिक ठूलो बैंक हुनेछ ।

मर्जरमा दुवै बैंकको समान हैसियत हुने बताइएको छ । स्वाप रेसियो पनि १ः१ अनुपातमा कायम रहने समझदारी भएको छ । मर्जरपछि बन्ने बैंकको पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट