2026-09-08 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहे गर्छु भनेर गेस्ट हाउसमा बोलाएर बलात्कार, एक लाख नगद पनि लुटे

असार ७, काठमाडौं | बिहे गर्छु भनेर गेस्ट हाउसमा बोलाएर एक युवतीमाथि बलात्कार भएको छ । भोटेबहालस्थित एक गेस्ट हाउसमा राखेर बलात्कार गर्दै उनीसंग भएको नगद एक लाख रुपैयाँ समेत लुटेर लगेका छन् ।

बलात्कार र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेको तिमाल गाउँपालिका ९ घर भई हाल बनेपामा डेरा गरी बस्ने ३० वर्षीय जय,आशिष भनिने विश्व तामाङलाई पक्राउ गरेको छ ।

उनले ललितपुरकी एक २४ वर्षीया युवतीसंग प्रेम प्रस्ताव राखेका थिए । सामाजिक सञ्जाल इमोमार्फत दुई साताअघि मात्रै ती युवती र जयबीच कुराकानी हुन थालेको थियो ।

उनको कुरा सुनेर युवती प्रभावित भइन् । दुई सातामै विश्वले उनीसंग प्रेम प्रस्ताव राखे । युवतीले पनि स्वीकार गरिन् । र जयले विवाह गरिहाल्ने बताए ।

घरपरिवारसंग भनेर अघि बढ्दा साथ नपाइने भन्दै उनले भगाएर लैजाने कुरा गरे । युवतीले पनि विश्वका सबै कुरा पत्याइन् र २९ जेठमा भागेर जान भन्दै घर छाडेर हिँडिन् ।

घरबाट भागेर हिँडेकी युवतीलाई जयले काठमाडौंको भोटेबहालको एक गेष्टल हाउसमा लगेर राखे । गेस्ट हाउसमा राखेपछि जयको रुप नै परिवर्तन भयो । त्यहाँ उनले युवतीलाई पेय पदार्थमा लठ्याउने औषधि खुवाईदिए ।

त्यसपछि जबरजस्ती करणी गरेर साथमा रहेको एक लाख रुपैयाभ, दुई तोला सुन र एउटा मोबाईल लुटेर लगे ।

भागेर विवाह गर्ने भनेपछि उनले घरमा भएको अलिअलि पैसा र सुन लिएर निस्किएकी थिइन् । तर, मोबाइल समेत लगेपछि उनीसंग जयलाई चिन्ने कुनै आधार भएन ।

आफूमाथि आइपरेको आपतबारे उनले सोच्नै सकिरहेकी थिइनन् । दुई दिनसम्म त उनी फर्किएर आउलान् कि भनेर बाटो हेरिरहिन् । त्यसपछि ३१ जेठमा प्रहरी वृत्त, कालिमाटीमा जाहेरी दिइन् ।

प्रहरी वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेका अनुसार पीडितले जाहेरी दिँदा पीडकको कुनै संकेत प्रहरीले पाएको थिएन । होटलमा बस्दा समेत पीडित महिलाकै परिचय पत्र, मोबाइल नम्बरमार्फत डाटा इन्ट्री गराएका थिए ।

प्रहरीले सीसी क्यामरा फुटेज र अन्य प्राविधिक पक्षको विश्लेषण गर्दा ‘जय’ भनिएका व्यक्तिको खास नाम विश्व तामाङ भएको खुल्यो । उनले ‘जय’, ‘भोटे’, ‘आशिष’ गरी तीन वटा नामबाट आफूलाई चिनाउने गरेका थिए ।

पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी र चोरी सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीलेबताए । घटनापछि पीडितको प्रसूति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गराइएको एसपी मैनालीले बताए ।

तामाङमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को देहाय २१९ को जबर्जस्ती करणी गर्न नहुने र ऐ. ऐनको परिच्छेद–२० को देहाय २४१ को चोरी गर्न नहुने कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल