2026-09-22 04:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्याे

असार ९, काठमाडौँ  | नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ ।  फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो । 

नेपालले भर्खरैमात्र एएफसी एसियन कप-०२३ को तेस्रो चरणको छनोट खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो । 

वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।

नेपाल दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा छ । नेपाल एसियाली वरीयताको ३५औँ स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा भने भारत छ । भारत वरीयताको एक सय चार स्थानमा छ । 

यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५६औँ स्थानमा, चौथो स्थानमा रहेको भुटान एक सय ८६औँ, पाँचौँ स्थानमा रहेको बंगलादेश एक सय ९२औँ, छैटौँ स्थानमा रहेको पाकिस्तान एक सय ९६औँ स्थानमा र सातौँ स्थानमा रहेको श्रीलंका दुई सय सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो