2026-07-25 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्फा सदस्यमा पराजित अनिल भन्छन्- बरु लिग जित्न सजिलो

असार १०, काठमाडौं | ‘बरु लगातार दुई पटक लिग जित्न सजिलो, एन्फाको राजनीति भने नसकिने रैछ,’ यो भनाइ हो लगातार दुई पटक मछिन्द्र फुटबल क्लबलाई लिग जिताउन सफल व्यवस्थापक अनिल श्रेष्ठको । 

Avatar

सोमबार (६ असार) भएको एन्फाको चुनावी साधारणसभामा सदस्य पदमा पराजित भएसँगै श्रेष्ठले गुनासो पोखेका हुन् । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका श्रेष्ठ कार्यसमितिको १३ सदस्य भित्र पर्न असफल भए । श्रेष्ठले ३७ भोट पाए । 

१३ सदस्यमध्ये ११ जना निर्वाचित भइसकेका छन् । बाँकी दुई पदमा भने चार सदस्यको बराबर मत (३९) प्राप्त हुँदा एन्फाको आगामी साधारणसभाबाट दुई सदस्य निर्वाचित हुनेछन् । 

चुनावको केही महिना अघिसम्म निर्वाचित पंकजविक्रम नेम्बाङ प्यानल तर्फ देखिएका अनिल कर्माको शक्ति प्रदर्शनमा भने एक्कासि सदस्य पद घोषणासहित प्रस्तुत भए । यससँगै पंकज पक्षले आफ्नो समूहलाई अनिलबाट धोका भएको प्रतिक्रिया दिएको थियो । 

पछिल्लो सहिद स्मारक ए डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल)बीचको विवादपछि अनिल तत्कालीन नेतृत्वसँग नजिकिएका थिए । सुरुवाती आन्दोलनमा ए डिभिजन लिग टिमलाई साथ दिएका अनिल अन्तिम समयमा नेतृत्वलाई सहयोग गर्न पुगेका थिए ।  तर, विपक्षी मानिएका पंकज पक्षले भने चुनावमा अनिलले आफ्नो समूहलाई नै समर्थन गर्ने विश्वास गरेका थिए । 

तर, राष्ट्रिय फुटबल टोलीको व्यवस्थापक जिम्मेवारी पाउने आशामा अनिल कर्मापक्षमा खुलेरै लागेका थिए । तर, नतिजा न कर्मा तर्फ रह्यो । न त अनिलको पक्षमा नै आयो ।  

त्यसैले चुनावी मतपरिणामको पूर्ण निर्णय नआउँदै बुढानिलकण्ठस्थित पार्क भिलेजमै ‘अफ्द रेकर्ड’ कुराकानीमा अनिलले आफू ‘डुबेको’ प्रतिक्रिया दिएका थिए । उनले एनएसएल विवाद र खेलाडी विवादमा आफू नराम्ररी चिप्लिएको गुनासो गरेका थिए ।  

अनिलले सामाजिक संजालमा आफ्नो भनाई राखेसँगै राष्ट्रिय फुटबल टोलीका सदस्य तथा फरवार्ड विमल घर्ती मगरले ठट्यौली शैलीमा ‘हामीलाई त सजिलो थियो भन्नु हुँदै थियो त म्यानेजरज्यु’ भनेर प्रतिक्रिया दिएका छन् । 

एक प्रकारले विमलले त्यो भनाइ, आफु र आफ्नो सहकर्मी साथीविरुद्ध एन्फा नेतृत्व र क्लबले समर्थन नगरेकोमा खिल्ली उठाएका थिए । यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीसँगको विवादका कारण विमल सहित मछिन्द्रका मात्रै चार खेलाडी राष्ट्रिय टिम बाहिर रहेका थिए । 

तिनै चार खेलाडी क्लबमा अनुबन्ध भएसँगै मछिन्द्रले पहिलो पटक सहिद स्मारक ए डिभजिन लिगको उपाधि जितेको थियो । क्लबले २०७६ र २०७८ को लिग उपाधि लगातार जितेको हो । 

यता, कर्मा समूहबाट नै उपाध्यक्षमा पराजित पूर्व खेलाडी उपेन्द्रमान सिंहले अनिलको पोष्टमा ‘नेपालको पोलिटिक्स गर्न राम्रो मान्छेले नसकिने र राजनीति आफैमा फोहोरी खेल’ भएको प्रतिक्रिया दिएका छन् । 

सिंहको कमेन्टमा आयुष घिमिरे नामबाट खेलाडीलाई अन्याय हुँदा खेलाडीको नाताले एक शब्द बोल्नु भयो ? भन्ने प्रश्नमा सिंहले कार्यसमितिमा बोल्ने कि फेसबुकमा बोल्न पर्ने  भनेर उल्टो प्रश्न गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ