२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेंसीसहर नगरपालिकाद्वारा ७५ करोड ५३ लाख बजेट पेस

११ असार २०७९, शनिबार ०१:५४

असार ११, लमजुङ | लमजुङ सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ५३ लाख ३ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । 

नगर उपप्रमुख पदमा गुरुङले शुक्रबार बेंसीसहरमा आयोजित ११औँ नगरसभामा आर्थिक वर्ष २०७९र०८० का लागि बजेट पेस गरेकी हुन्।

नगरपालिकाले चालुतर्फ १३ करोड अर्थात १७ दशमलब २१ प्रतिशत बजेट विनियोजन गरेको छ। पूँजीगततर्फ २५ करोड ९४ लाख ३ हजार अर्थात ३४ दशमलब ३४ प्रतिशत बजेट विनियोजन गरेको छ । बजेटमा सशर्ततर्फ २९ करोड ९ लाख अर्थात ३८ दशमलब ५१ प्रतिशत बजेट प्रस्ताव गरिएको छ । समपुरक, विशेष र अन्य गरी ७ करोड ५० लाख अर्थात् ९ दशमलब ९३ बजेट प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा २ करोड ८७ लाख ६२ हजार अर्थात् ३ दशमलब ९३ प्रतिशतले बढी हो । आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोत तथा स्थानीय राजश्वबाट ८ करोड ५६ लाख ८१ हजार, संघीय र प्रदेश राजश्व बाँडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघीय र प्रदेश समानीकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघीय र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

उनका अनुसार नगरसभामा पेस गरिएका नीति तथा कार्यक्रम र बजेटलाई छलफल गरेर आगामी २४ गते बस्ने बैठकले पास गरिनेछ । सभालाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ