2026-10-23 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिलाको गर्भमा एकैसाथ हुर्किदै १३ बच्चा !

एजेन्सी | एक गर्भवती महिलाको गर्भमा एकैसाथ १३ बच्चा हुर्किरहेको दाबी गरिएको छ । यसअघि यी महिलाले एक पटक जुम्ल्याहा र दोस्रो पटक तीन सन्तानलाई जन्म दिएकी थिइन् । यी मेक्सिकन महिलाका छोराछोरीको पालनपोषणका लागि चन्दा माग्दै आएको छ । 

विश्वमा अहिलेसम्म एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको रुपमा अमेरिकाकी नादया सुलेमान छिन्, जसले सन् २००९ मा एकै गर्भबाट ८ वटा बच्चा जन्माएकी थिइन् ।

यसको अर्थ विश्वमा हालसम्म कुनैपनि महिलाले एउटा गर्भबाट ८ भन्दा बढी बच्चा जन्माएको छैन । तर अब यो रेकर्ड मेक्सिकोकी एक महिलाले भंग गर्नेवाला छिन् । यदि डाक्टरहरुको कुरा पत्याउने हो भने ती महिलाको गर्भमा अहिले एकसाथ १३ वटा बच्चा हुर्किरहेका छन् ।

13 children are growing together in this woman's womb

मेक्सिकोको इक्सटापलूकामा बस्ने मारित्जा हर्नान्डेज मेन्डेज नामक ती महिलाले यसअघि नै ६ वटा बच्चा जन्माइसकेकी छिन् । ६ बच्चामध्ये दुईवटा जुम्ल्याहा, तीन वटा तिम्ल्याहा हुन् भने एउटा बच्चामात्र एक्लै जन्मिएको हो ।

जुम्ल्याहा र तिम्ल्याहासमेत जन्माइसकेकी मारित्जा फेरि आमा बन्न लागेकी छिन् । यो पटक त उनले इतिहास नै रच्दैछिन् । उनको चेकजाँचका क्रममा पेटमा १३ वटा बच्चा हुर्किरहेको तथ्य डाक्टरहरुले पत्ता लगाएपछि सबै परिवारजन मात्र होइन डाक्टरहरू पनि तीनछक परेका छन् ।

अहिले आफूसँग रहेका ६ वटा बच्चाको लालनपालनकै लागिसमेत आर्थिक सहयोग मागिरहेका मारित्जा र उनका पति एन्टोनियो अब १३ वटा बच्चा एकसाथ जन्मिन थालेको जानकारी पाउँदा चिन्तित बनेका छन् ।

१९ वटा बच्चाको लालनपालन गर्ने आर्थिक हैसियत उनीहरुको छैन । त्यसैले उनीहरुले स्थानीइ नेता तथा अधिकारी र आम मानिसहरुसँग सहयोगका अनुरोध गरेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने