खकेन्द्र अविरल केसी/भदौ २२, सल्यान ।सल्यान क्षेत्र नम्बर १ का सांसद् टेकबहादुर बस्नेतले आफ्नो सामाजिक र राजनैतिक जीवनको मानहानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र अविरल केसी/भदौ २२, सल्यान ।सल्यान क्षेत्र नम्बर १ का सांसद् टेकबहादुर बस्नेतले आफ्नो सामाजिक र राजनैतिक जीवनको मानहानी"/>
२४ मंसिर २०८२, मंगलवार
काठमाडौँ - KTM

रातोपाटि अनलाइनले आफ्नो राजनैतिक चरित्रको हत्या गर्यो: सांसद् बस्नेत

२२ भाद्र २०७३, बुधबार ०६:५४

खकेन्द्र अविरल केसी/भदौ २२, सल्यान ।सल्यान क्षेत्र नम्बर १ का सांसद् टेकबहादुर बस्नेतले आफ्नो सामाजिक र राजनैतिक जीवनको मानहानी र राजनैतिक चरित्रको हत्या गर्ने दुस्साहस भएको भन्दै रातोपाटी अनलाइन प्रति आपत्ती जनाएका छन । 

गत भदौ २० गते माओवादी केन्द्र नजिकका मान्छेले संचालनमा ल्याएको रातोपाटी डटकमले माओवादीले आफ्नो भागमा परेको मन्त्री नियुक्ति गरिसकेको केही दिनपछि बालुवाटार पुगेर यसरी आत्महत्याको धम्की दिने अरु कोही नभएर सल्यान क्षेत्र नम्बर १ का माओवादी सांसद् टेकबहादुर बस्नेत हुन भनेर जनआश्थाको समाचार साभार गरेर प्रकाशन गरेको थियो । 

बालुवाटारमा आफ्नो कुरा राख्न पुगेका बस्नेतले ‘रुकुम रोल्पालाई दुईवटा मन्त्री दिने, हामीलाई किन नदिने भन्दै प्रचण्डसँग गुनासो गरेर अन्तिममा रुँदै आत्महत्याको धम्की नै दिएको चर्चा माओवादी सांसद्बीच चलेको छ भनेर पत्रिकाले प्रकाशन गरेकोमा  आफ्नो ध्यानाकर्षण भएको सांसद टेकबहादुरको कथन छ । 

आफनो फेसबुक वालमा उनले लेखेका छन – “जहाँसम्म मन्त्री नपाए आत्महत्या गर्ने कुरा छ, त्यो त मन्त्रिमण्डल विस्तार गर्नु पूर्व लाजिम्पाट कार्यालय बैठकका सबै क्रियाकलाप र दृश्य ताजै छन् । के रातोपाटी डटकममा आएकै अभिव्यक्तिलाई केन्द्र र सही मान्ने हो भने यसपटक सल्यानको सरकारमा सम्मानजनक प्रतिनिधित्व नभए पनि हुन्छ ? यस्तै भइरहनु ठिक हुन्छ ? जनयुद्ध र जनआन्दोलनमा सल्यानको कुनै भूमिका नै छैन ? सल्यानले सम्मानजनक अवसर र प्रतिनिधित्व पाउनुपर्छ भन्नु सल्यानी जनता, मतदाता र शुभचिन्तक समर्थकहरुको आपराधिक आकांक्षा हो ?” भनेर प्रश्न गरेका छन । 

रुकुम र रोल्पाबाट संचालित सल्यानको माओवादी आन्दोलनमा वर्तमान मन्त्रीपरिषदमा मन्त्री हुन नदिने जनार्दन शर्मा हुन भनेर भनेकाले आफ्ना नेताको बदनामका लागि अनलाइनले यस्तो छापेको बस्नेत निकट सल्यानका एक कार्यकर्ताले हामीलाई बताएका छन । 

उनले नाम नखुलाइदिन अनुरोध गर्दै हामीसंग पार्टीभित्रको अन्तरविरोध चुलिएको र यसले विष्पोटको रुप लिने बताएका छन । सल्यानमा पारिवारिक राजनीति हावी हुदै गएको भन्दै आक्रोशमा आएका उनले अव सल्यानलाई पनि आफ्नो नियन्त्रणमा राख्न रुकुमका जनार्दनले चाल चलिरहेको र त्यसको गोटी सल्यानका नेता भिमप्रकाश शर्मालाई बनाएको भन्दै त्यो परिवारवादको राजनीतिलाई सल्यानमा जान नदिने बताएका छन । उनले भने जनार्दन र भिमप्रकाश नातेदार हुन र त्यो रातोपाटी अनलाइन पनि तिनकै नातेदारले संचालनमा ल्याएको अनलाइन हो, टेक बहादुरलाई नराम्रो देखाएर आफ्नो वर्चस्व बढाउन त्यो समाचार छापेको हो ।

माओवादी केन्द्रले संचालनमा ल्याएका राष्ट्रिय तथा स्थानिय मिडियालाई  जनार्दनले सम्म आफ्नो माताहतमा राखेर पारिवारीक रुपमा चलाउन थालेको सल्यानका माओवादी कार्यकर्ताको आरोप थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो