९ वर्षसम्म आफ्नो बुवा र भाईबाट एक युवती बलात्कृत भएकी छिन् । अर्को आश्चर्यको कुरा उनको आफ्नै आमाले उनलाई आठ पटक गर्भपतन गराएकी छिन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ९ वर्षसम्म आफ्नो बुवा र भाईबाट एक युवती बलात्कृत भएकी छिन् । अर्को आश्चर्यको कुरा उनको आफ्नै आमाले उनलाई आठ पटक गर्भपतन गराएकी छिन् "/>
२०८३, ७ जेष्ठ बिहीबार
काठमाडौँ - KTM

‘९ वर्षसम्म तीन हजार पटक आफ्नै बुबा र भाईबाट लुटिएकी छु’

२०७३, २२ भाद्र बुधबार १०:०६

९ वर्षसम्म आफ्नो बुवा र भाईबाट एक युवती बलात्कृत भएकी छिन् । अर्को आश्चर्यको कुरा उनको आफ्नै आमाले उनलाई आठ पटक गर्भपतन गराएकी छिन् । ६ सेप्टेम्बर, २०१३ को भारतको लखनउमा भएको घटना हो यो । उनले उक्त दिन कहिल्यै भूल्न नसक्ने बताएकी छिन् । पीडित युवतीले सोही दिन न्याय पाएकी थिइन् ।

सन् १९८८ जुलाई १८ मा जन्मिएकी निधि (नाम परिवर्तन)ले १४ वर्षको हुँदा मावलाबाट आफ्नो घर गएकी थिइन् । उनको बुवा आमाले नयाँ घर किनेपछि उनी घरमा आएकी थिइन् । नयाँ घरमा सर्ने बित्तिकै उनको बुवा सदन सिंह बिरामी परे । मेडिकल उपचारले निको नभएपछि उनीहरु तान्त्रिक कहाँ पुगे ।

तान्त्रिकले बुवा बिरामी हुनका कारण छोरी भएको बताए । तान्त्रिकले यस्तो अनौठो उपाय भनेकी उक्त तान्त्रिक दोखबाट छुटकारा पाउनका लागि आफ्नै छोरीसँग शारीरिक सम्बन्ध गर्नु पर्छ भन्ने उपाय बताइदिए ।

अशिक्षा र गरीवीले पछि परेको गाउँलेले उक्त कुरालाई विश्वास गरे । छोरीले बरु बिष दिएर मार तर आफूबाट यस्तो कुकर्म सम्भव छैन भनिन् । अन्तिमको उनको केही लागेन । उनकै आमाले छोरीलाई घरभित्र बुवासँग थुनिराखेर आमा काममा जान थालिन् ।

निधीले शारिरिक सम्बन्ध गर्न नमानेको दिन आमा बुवा दुबै भएर उनलाई कुट्थे । सहरमा पढ्न बसेको उनको भाइ आइपुग्यो । निधिले सम्पूर्ण यथार्थ भाइलाई सुनाईन् । उनले भाईबाट उद्धारको आशा गरेकी थिइन् । तर, त्यस्तो भएन ।

समाचारमा उल्लेख भएअनुसार भाईले पनि उनीसँग शारिरिक सम्बन्ध बनाउन थाले । ‘९ वर्षसम्म लगातार आफ्नै बुवा र भाईबाट बलात्कृत भएकी छु। ८ पटक आमासँगै गएर गर्भपतन गराएकी छु,’ नीधिले भनेकि छिन् ।

यसरी पाइन् निधीले न्यायः

६ सेप्टेम्बर २०१३ मा बेरोजगारी भत्ताको फारम भर्ने बाहानामा उनी घरबाट भागिन् र अखिलेश यादव नाम गरेको व्यक्तिको सम्पर्कमा पुगिन् । त्यसपछि मुद्धा प्रहरीमा पुग्यो । स्थानीय सरकारी अधिकारीहरुले उनको मुद्धामाथि अनुसन्धान गर्न थाले । त्यसपछि प्रहरीको सहयोगमा आमा, बुवा र भाईलाई जेल पठाउन उनी सफल भइन् ।

त्यसपछि उनी लक्ष्मी बाई पुरस्कारले सम्मानित भइन् । उनले आशा नामक एक एनजीओको सहयोगमा व्युटिसियन कोर्ष सिक्न थालिन् । हाल उनलाई विभिन्न संस्थाहरुले ब्यूटि पार्लर खोलिदिएका छन् । त्यही आफ्नो ब्यूटिपार्लरमा राम्रो कमाई गरिरहेको समाचारमा उल्लेख छ । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने