2026-09-08 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोकिएका नेपाली विद्यार्थी मंगलबारदेखि चीन फर्किन पाउने, पहिलो चरणमा २८१ जना जाने

असार १९, काठमाडौँ | चीनले कोभिड १९ महामारीपछि फर्किन नपाएका २८१ जना नेपाली विद्यार्थीलाई लैजाने भएको छ।

कोभिड महामारी पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै यसअघि चीनले नेपाली विद्यार्थीलाई लैजान मानेको थिएन्। चीन फर्किन नपाउँदा डिग्री पूरा गर्न नपाउने चिन्तामा नेपाली विद्यार्थीहरु थिए। नेपाली विद्यार्थीले चीन जान पाउनुपर्ने भन्दै चिनियाँ दूतावासअगाडि प्रदर्शनसमेत गरेका थिए।

कोभिडपछि रोकिएका नेपाली विद्यार्थी मंगलबारदेखि चीन फर्किन पाउने, पहिलो चरणमा २८१ जना जाने

नेपालको निरन्तरको पहलकदमीपछि चीन नेपाली विद्यार्थी फर्काउन तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जुलाई ५ अर्थात असार २१ गते मंगलबारबाट नेपाली विद्यार्थीहरु चीन फर्किन सुरु हुने बताइन्।  

कुल ८५० विद्यार्थीमध्ये पहिलो चरणमा मंगलबार २८१ जना चीन फर्किने प्रवक्ता लम्सालले जानकारी दिइन्। ‘नेपाली विद्यार्थीहरू दूतावासको सम्पर्कमा छन्। पहिलो चरणमा २८१ विद्यार्थी जानुहुन्छ,’ उनले भनिन्।

बाँकी विद्यार्थीलाई पनि छिट्टै पठाइने प्रवक्ता लम्सालको भनाइ छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल