2026-09-12 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

माओबादी पोलिटव्युरोमा १ नम्बर प्रदेशबाट १६ जना सदस्य चयन

कमल घिमिरे। असार२५। पाँचथर, नेकपा( माओबादी केन्द्र) को सम्पन्न केन्द्रीय समिति को तेश्रो पूर्ण बैठकबाट पोलिटव्युरोमा १ नम्बर प्रदेशबाट १६ जना सदस्य चयन भएका छन् । 

प्रदेश १ संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मंत्री ईन्द्र आङ्वो (मौसम) सहित १६ जना सदस्य चयन भएका हुन् । 

 पाँचथरबाट प्रतिनिधित्व गर्ने आङ्वो सहित सो समितिमा झापाबाट राम कार्की (पार्थ) र धर्मशिला चापागाई (शिला), मोरङबाट साबित्रीकुमार काफ्ले,गोपिबहादुर अछामी, शिवकुमार मण्डल (शिव),भोजपुरबाट पदमबहादुर राई, सुदन किराँती(शिखर),अजम्वर काम्वाङ, खोटाङबाट रामकुमार राई (पासाङ्ग)र दुर्गा जयन्ति राई, सुनसरीबाट रामकुमारी चौधरी(रोजिना) र निर्मल बराल,धनकुटाबाट हेमराज भण्डारी(सुदर्शन) र  उदयपुरबाट सुरेश राई  रहनु भएको केन्द्रीय सदस्य सीता थेवे ले जानकारी दिनुभयो । 

 यसैबीच शनिबार सम्पन्न स्थायी कमिटीको प्रथम बैठकले ईन्चार्ज रहेका केन्द्रीय सदस्यको संयोजनमा प्रदेश पदाधिकारी र प्रदेशका केन्द्रीय सदस्य रहने गरि प्रदेश केन्द्र समन्वय  संयन्त्र बनाउने र सो संयन्त्र निर्वाचनसम्मका लागि हुने साथै भदौ मसान्त भित्र प्रदेश कमिटीहरुको बैठक र राजनीतिक प्रशिक्षण सम्पन्न गर्ने गरि कार्य योजना तय  भएको छ ।सोही बैठकले गत स्थानीय निर्वाचनमा भएको अन्तर्घातको छानवीन गर्न ३ सदस्यीय छानविन आयोग गठन गरिएको माओवादी केन्द्रका प्रचार तथा प्रकाशन विभाग सदस्य बिन्देश्वर खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस