२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साउन १ गतेदेखि ’हिमालयन एभरेष्ट इन्स्योरेन्स’को संयुक्त कारोबार सुरु हुने

२०७९, २८ असार मंगलवार ०५:३९

असार २८, काठमाडौं | हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जरपछि  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा साउन १ गतेबाट संयुक्त कारोबार सुरु हुने भएको छ । बीमा समितिले असार ९ गते बिहीबार यी दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको थियो । 

दुवै कम्पनीको असार २ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । मर्जरपछि  कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

दुवै कम्पनीबीच वैशाख २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सोही कारण अहिले दोश्रो बजारमा यी दुवै कम्पनीको कारोबार रोक्का छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार