२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

कमल थापा भन्छन्- ओलीबाट प्रभावित छौँ, एमालेसँग चुनावी सहकार्य हुनसक्छ

२९ असार २०७९, बुधबार १३:३७

असार २९, गोरखा | राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आगामी आम निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको सम्भावना रहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमा गोरखा आइपुगेका थापाले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । 

‘अहिलेसम्मको हाम्रो कुराकानी व्यवहारलाई दृष्टिगत गर्दा नेकपा एमालेसँगको सहकार्यको सम्भावना बढी छ । यसबारेमा प्रारम्भिक कुरा पनि भइसकेको छैन् । तर, हाम्रो अनुभवको आधारमा एमालेसँग सहकार्य गर्न सक्ने सम्भावना अलि बढी देख्छौँ ।’ 

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा विगतमा राजनीतिक स्थिरता र सम्बृद्धिको निमित्त भएका कामबाट आफूहरू प्रभावित भएकाले सहकार्यमा सम्भावना देखेको उनले तर्क गरे । 

‘ओलीकै नेतृत्वमा लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा निकाले त्यसबाट, पृथकतावादी सोच लिएर हिँडेका सिके राउत र विप्लप माओवादीलाई समेत राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सफल भएको कारणले गर्दा खेरी हामी तुलनात्मक रुपमा नेकपा एमालेसँग नजिक भएको महशुस गर्छाैँ’, उनले भने ।

राप्रपा नेपाललाई आगामी निर्वाचनबाट राष्ट्रिय पार्टीको रुपमा स्थापना गराउने अभियानमा आफुहरू लागेको उनले बताए । ‘हामीले सबै प्रदेशमा, स्थानीय तहमा र वडास्तरमा भदौभित्र संगठन बिस्तार गरिसक्छौँ । त्यसपछि आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टीको रुपमा स्थापना गराउँछौँ’, उनले भने । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य