५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ७.९३ अंकले बढ्याे, १ अर्ब ४५ करोडको कारोबार

३१ असार २०७९, शुक्रबार १०:०१

असार ३१, काठमाडौं | साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.९३ अंक बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितोपत्रको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको छ ।

शुक्रबार आव २०७८/७९ को अन्तिम कारोबार दिन हो । यस आर्थिक वर्षमा नेप्से ऐतिहासिक ३२ सय विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक २ हजार विन्दुमा छ । ११ महिना अवधिमा केही लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरे भने केहीले गुमाएका छन् । 

कारोबारमा आएका २३१ धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १०.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ र १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी, शुक्रबार सबैभन्दा बढी ग्रीन हाइड्रोपावरको सेयर मूल्य ५ दशमलव ३१ प्रतिशत घटेको छ । सेयर मूल्य प्रतिकित्ता  ३०३ रुपैयाँमा झरेको हो । त्यसैगरी दोस्रोमा माउण्टेन हाइड्रो नेपालको सेयर मूल्य ४ दशमलव ७६ प्रतिशत घटेर २७२ रुपैयाँ कायम भएको छ । 

सर्वाधिक शेयर खरीदबिक्री अपर तामाकोशी हाइड्रोपावरको भएको छ । कम्पनीको १९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरीदबिक्री भएको हो । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसैगरी, सर्वाधिक सेयर खरीदबिक्री हुने दोस्रोमा एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँ बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक १ दशमलव ५७ प्रतिशत बढेको छ । त्यसैगरी समूहगत परिसूचक घट्नेमा अन्य समूहको परिसूचक १ दशलमव ६८ प्रतिशत घटेको हो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता