२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ७.९३ अंकले बढ्याे, १ अर्ब ४५ करोडको कारोबार

२०७९, ३१ असार शुक्रबार १०:०१

असार ३१, काठमाडौं | साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ७.९३ अंक बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा कारोबारमा आएका २३१ धितोपत्रको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर २१ हजार ६१५ पटकमा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको छ ।

शुक्रबार आव २०७८/७९ को अन्तिम कारोबार दिन हो । यस आर्थिक वर्षमा नेप्से ऐतिहासिक ३२ सय विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक २ हजार विन्दुमा छ । ११ महिना अवधिमा केही लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गरे भने केहीले गुमाएका छन् । 

कारोबारमा आएका २३१ धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १०.५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट डिबेञ्चर २०८२ र १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी, शुक्रबार सबैभन्दा बढी ग्रीन हाइड्रोपावरको सेयर मूल्य ५ दशमलव ३१ प्रतिशत घटेको छ । सेयर मूल्य प्रतिकित्ता  ३०३ रुपैयाँमा झरेको हो । त्यसैगरी दोस्रोमा माउण्टेन हाइड्रो नेपालको सेयर मूल्य ४ दशमलव ७६ प्रतिशत घटेर २७२ रुपैयाँ कायम भएको छ । 

सर्वाधिक शेयर खरीदबिक्री अपर तामाकोशी हाइड्रोपावरको भएको छ । कम्पनीको १९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरीदबिक्री भएको हो । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसैगरी, सर्वाधिक सेयर खरीदबिक्री हुने दोस्रोमा एभरेष्ट बैंकको ६ करोड ९४ लाख रुपैयाँ बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक १ दशमलव ५७ प्रतिशत बढेको छ । त्यसैगरी समूहगत परिसूचक घट्नेमा अन्य समूहको परिसूचक १ दशलमव ६८ प्रतिशत घटेको हो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन