2026-09-22 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नामिबियाले नेपाललाई दियो २०० रनको लक्ष्य

असार ३२, काठमाडौं | आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलाअन्तर्गत नामिबियाले नेपालसामु २०० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्यान्डको क्याम्बसडुन क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रनको योगफल तयार गर्‍यो ।

स्कटल्यान्डका कप्तान जेरार्ड इरास्मसले ५३ रनको अर्धसतकीय इनिङ खेले । उनले ७० बलमा चार चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, डेविड वाइजेले ३४ डिभान ला ककले २७ र जेजे स्मिथले समान २७ रन बनाए । यस्तै, जन निकोल लोफ्टी इटोन र रुबेन ट्रम्पेलम्यानले १९–१९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । किफायती बलिङ गरेका सन्दीपले १० ओभरमा ३ भन्दा तलको इकोनोमीसहित २९ रन मात्र खर्चिए ।

सोमपाल कामीले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा बसिर अहमेद एक विकेट हात पारे ।

तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौँ स्थानमा छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ । यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाई’ र ९ खेलमा पराजय बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो