साउन ४, काठमाडौँ | साताको चौथो कारोबारको दिन बुधबार शेयरबजारमा झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सेचञ्ज नेप्से परिसूचक ४.८९ अंकले बढेर २०५०.५९ को विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।
१ अर्ब ७३ करोडमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्टको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ४२ लाख रुपैयाँमाथि कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाख, आइसीएफसी फाइनान्सको ५ करोड ३१ लाख, गोर्खाज फाइनान्सको ५ करोड २२ लाख र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड २ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।