2026-09-08 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाललाई मोंग्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गर्न बंगलादेशकी प्रधानमन्त्री हसिनाकाे प्रस्ताव

एजेन्सी | बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई सैयदपुर विमानस्थलसँगै मोंग्ला र चट्टोग्राम बन्दरगाहलाई आपसी फाइदाका लागि प्रयोग गर्न पुनः प्रस्ताव गरेकी छिन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास गणभवनमा बंगलादेश भ्रमणमा रहेकाे संसदीय प्रतिनिधिमण्डलसँगकाे भेटवार्तामा उनले यस्ताे प्रस्ताव राखेकी हुन्।

उनले भनिन्, ‘हाम्रो मोंग्ला र चित्तगाे‌ंग बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी अध्यक्ष पवित्रा निरौला खरेलले गरेकी थिइन्।

बंगलादेशको सैयदपुर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भनिन्, ‘नेपाललगायत छिमेकी मुलुकले विमानस्थल प्रयोग गर्न सक्छन्।’

भेटवार्तामा दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्नुका साथै आपसी हितका लागि व्यापार तथा व्यापारमा द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन इच्छुक रहेको बताएका थिए।

सन् १९७१ को मुक्ति संग्राममा बंगलादेशलाई सहयोग गरेकोमा नेपाली नेतृत्व र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री शेख हसिनाले आफ्नो सरकारले नेपाललगायत छिमेकी मुलुकसँगको सुमधुर सम्बन्धलाई उच्च महत्त्व दिएको बताइन्।

प्रतिनिधिमण्डलले धानमण्डीस्थित बंगबन्धु स्मृति संग्रहालय र बंगलादेशको संसदको भ्रमण गरेको र बहुचर्चित पद्म पुल हुँदै टुङ्गीपारा गएकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरिन्।

नेपाली प्रतिनिधिमण्डलले आफ्ना लागि उत्कृष्ट कार्यक्रमको आयोजना गरेकोमा बंगलादेश सरकारलाई धन्यवाद दिएकाे थियाे।

प्रतिनिधिमण्डलका सदस्यहरूले नेपाल र बंगलादेशबीच वर्षौँदेखि सुमधुर सम्बन्ध रहँदै आएकोमा ठूलो सन्तुष्टि व्यक्त गरेका थिए।

उनीहरुले कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्ष मनाउनका लागि यो वर्ष दुवै देशका लागि निकै महत्त्वपूर्ण रहेको पनि बताए।

नेपाली प्रतिनिधिमण्डलमा सांसद चन्दतारा कुमारी, सांसद डा. दीपकप्रकाश भट्ट, सांसद देवप्रसाद तिमिलसेना, सांसद लीलादेवी सिटौला, सांसद नारदमुनि राणा र सांसद सरलाकुमारी यादव सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल