१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरआवासीय नेपाली संघको समाचार संयोजकमा चिरन शर्मा

२२ श्रावण २०७९, आईतवार १०:५३

साउन २२, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) को समाचार संयोजकमा चिरन शर्मा मनोनित भएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्य दल) समितिले सो जिम्मेवारी दिएको हो । 


 संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समितिलाई आइतबार विस्तार गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशनसम्बन्धी नीतिगत विषयमा सुझाव दिने मुख्य कार्य हुनेछ । 

प्रवक्ताद्धय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा चार जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् ।  समितिमा एक दर्जन पत्रकारलाई समाचारविज्ञको रुपमा समेटिएको छ । 

गैरआवासीय नेपाली संघका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेलको विभागअन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिसमा उपमहासचिवद्धय रामशरण सिम्खडा र  नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरन्जिवी खड्काले जानकारी दिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण