२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आकासिदै छ सुनको मूल्य, यस्ता छन् कारणहरु

२०७९, २३ श्रावण सोमबार ११:१४

साउन २३, काठमाडौँ | विश्वव्यापी आर्थिक मन्दी छाउने चर्चासँगै सुनको मूल्यमा अत्याधिक वृद्धि हुने संकेत देखा परेको छ । विश्व बजारमा सुनको मूल्यमा आउने परिवर्तसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिने हुँदा सुनको मूल्य किन बढ्दैछ भन्ने विषयमा जानकारी हुनु आवश्यक छ । 


त्यसैले निकट भविष्यमा नै सुनको मूल्य आकासिने सम्भावनालाई पुष्टि गर्ने केही आधारहरुबारे यहाँ सामान्य चर्चा गरिएको छ । सुनको मूल्य र अमेरिकी डलरबीचको सम्बन्धबारे हामी सबैलाई जानकारी नै छ । अमेरिकी डलरको मूल्यमा ठुलो गिरावट आउने संकेत हालै त्यहाँको फेडरल रिजर्भले सार्वजनिक गरेको एक रिपोर्टले देखाएको छ । 

जसमा चीनले त्यहाँको केन्द्रीय बैंकमा घुसपेठ गर्ने प्रयत्न गरेको कुरा उल्लेख गरेको छ । यसले के देखाउँछ भने डलरलाई नियन्त्रण गर्ने केन्द्रीय बैंक नै अहिले चीनको निसानामा रहेको छ । जसले गर्दा डलर प्रतिको आम विश्वास घट्दो क्रममा जाने निश्चित छ । यसरी डलर कमजोर बन्नु भनेको सुनको मूल्य बढ्ने वातावरण बन्नु हो । 

वास्तवमा चीन डलरलाई कमजोर पारेर आफू आर्थिक रुपमा विश्व महाशक्ति बन्ने एकसुत्रीय योजनामा छ । त्यसमा अहिले रसियाले पनि चीनलाई साथ दिइरहेको छ । यी दुवै मुलुक मिलेर डलरको विश्वव्यापी प्रभुत्व अन्त्य गर्ने योजनामा छन् । फलत सुनको मूल्य बढ्ने निश्चित देखिएको छ । 

त्यसबाहेक विकासशील पाँच मुलुकहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको संगठन ब्रिक्सले आफ्रनै अलग मुद्रा जारी गर्ने चाहना सार्वजनिक गरिसकेको छ । यदी विश्व व्यापारको सर्वाधिक हिस्सा ओगट्ने यो संगठनले आफ्नै मुद्रा जारी गर्ने हो भने अन्तर्राष्ट्रिय विनिमयमा  डलरको हिस्सा अकल्पनीय रुपमा घट्ने छ । परिणाम स्वरुप सुनको मूल्य माथि चढ्ने अवस्था निर्माण हुँदैछ । 

उता ताइवान र चीन बीचको संकटले पनि सुनको मूल्यमा नै प्रत्यक्ष प्रभाव पार्ने देखिइरहेको बेला अमेरिकाको जीडिपीमा देखिएको नकारात्मक अवस्थाले समेत सुनको मूल्यलाई बढवा दिने देखिएको छ । 

उल्लेखित यावत अवस्था बाहेक क्रिप्टोकरेन्सीमा हालै देखिएको उतारचढाव र विशेष गरी बिट क्वाइनको मूल्यमा आउनसक्ने गिरावट अनुमानले समेत सुनको मूल्यलाई नै थप मलजल गरिरहेको छ । यी सबै अवस्था र तथ्यहरुका बीच सनको मूल्य आकासिन सक्ने सम्भावनालाई नकार्ने कुनै अवस्था नदेखिएकाले पन निकट भविष्यमा सुन छोइनसक्ने गरी महँगो हुने निश्चित देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन