उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न/नगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भनी दिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न/नगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भनी दिएक"/>
2026-07-29 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्योग विभागको आदेश- गोर्खा इको प्यानलको ट्रेडमार्क हुबहु नगर

साउन २६, काठमाडौँ । उद्योग विभागले इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न/नगराउन नेपाल इको प्यानलको नाममा आदेश जारी गरेको छ । उजुरकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो दर्ता तथा ट्रेडमार्क प्रयोग गरी प्रचारप्रसार गरेको भनी दिएको उजुरीको आधारमा उद्योग विभागले नेपाल इको प्यानललाई उक्त आदेश जारी गरेको हो ।

विभागले उजुरी उपर छलफल गरी हाललाई अन्य कसैलाई पनि इको प्यानल ट्रेडमार्क प्रयोग नगर्न विपक्षीको नाममा आदेश जारी गरेको हो । 

उजुरकर्ताले इको प्यानल-गोर्खा इको प्यानल ट्रेडमार्कहरु २०७० सालदेखि नै प्रि-फ्याब उत्पादनहरुमा प्रयोग गर्दै आएको तथा सो ट्रेडमार्कहरु उद्योग विभागमा दर्ता गरी कानुनी हकसमेत प्राप्त गरेकोमा उक्त ट्रेडमार्कहरुको प्रतिष्ठाबाट अनुचित लाभ लिने उद्देश्यले इको प्यानल नेपाल प्रालिले उपर्युक्त ट्रेडमार्कहरुसँग हुबहु मिल्ने गरी नेपाल इको प्यानल नाम राखेको भन्दै विभागमा उजुरी दर्ता गरेको थियो । 
कम्पनीको ट्रेडमार्क इको प्यानलमा नेपाल शब्द अगाडि राखी गलत मनसायका साथ सो ट्रेडमार्क प्रयोग गरी उस्तै प्रकृतिको सामान उत्पादन गर्दै आएको र उपभोक्ता झुक्किने अवस्था विद्यमान रहेको कुरालाई मध्यनजर गर्दै उक्त आदेश जारी भएको छ । आदेशको पालना नगरे कानुन बमोजिम कडा कारबाही हुने पनि विभागले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै