१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो देश जहाँ पुरुषले दुई विवाह गर्नैपर्छ, अस्वीकार गरे जन्मकैद !

३० श्रावण २०७९, सोमबार ०८:१६

साउन ३०, काठमाडौँ | विवाह तथा यसमा हुने धार्मिक कर्मकाण्डका विषयमा संसारका विभिन्न ठाउँमा आफ्नो धर्म संस्कार तथा परम्परा अनुसारका चालचलन छन् ।

पहिले पहिले पुरुषले बहुविवाह गर्ने आम चलन रहेपनि संसारबाट अहिले यो प्रथा विस्तारै हट्दै गएको छ र धेरै देशमा त बहुविवाह गैरकानूनी नै बनेको छ ।

तर एउटा देश यस्तो छ जहाँ अहिलेपनि पुरुषहरुले दुई विवाह गर्नैपर्ने कानून छ । कानूनी रुपमै पुरुषहरुलाई दुई विवाहको अनिवार्य व्यवस्था गरिएको छ । त्यहाँ दुई विवाह गर्न नमान्ने पुरुषलाई कानूनी कारवाही हुन्छ ।


अफ्रिका महादेशको इरिट्रिया नामक देशमा पुरुषहरुले दुई विवाह गर्नु अनिवार्य छ । दुई विवाह गर्न नमान्ने पुरुषहरुलाई सजायँ स्वरुप जन्मकैद समेतको सजायँ हुनसक्दछ ।

महिलाहरुले पनि पतिलाई दोश्रो विवाह गर्नबाट रोक्न पाउँदैनन् र त्यस्तो प्रयास गरेमा उनीहरुलाई पनि कारवाही हुन्छ ।

यस्तो अनौठो प्रथा कायम हुनुको खास कारण बताइएको छ । देशमा पुरुषको तुलनामा महिलाको संख्या धेरै भएकाले हरेक पुरुषलाई दुईवटा महिलासँग बिहे गर्न बाध्य पारिएको हो । सो देशमा लैंगिक अनुपातमा पुरुषको संख्या निकै कम छ । त्यसैलाई सन्तुलन गर्नका लागि दुई विवाहको कानून बनाइएको हो ।

त्यहाँका पुरुषले चाहुन् वा नचाहुन्, खुसी होउन् वा दुखी उनीहरुले दोश्रो विवाह गर्नैपर्दछ र दुईवटी पत्नीलाई सम्हाल्नै पर्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण