विजय थापा | भदौ २६, डिसी | गत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | भदौ २६, डिसी | गत"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९७४ एडीले डिसीका दर्शकलाई तताए र नचाए

२६ भाद्र २०७३, आईतवार १६:२३


विजय थापा | भदौ २६, डिसी | गत सेप्टेम्बर १० तारिखमा भर्जिनियाको एनाडोलमा आयोजना भएको १९७४ एडीको प्रस्तुतिले दर्शक तातेका र नाचेका थिए l लामो समयको पर्खाई पछि आफ्ना प्रिय कलाकारहरुको प्रतक्ष्य बेजोडको प्रस्तुतिले मन थाम्न नसकी मंच अगाडी, सभा कक्ष बीच ,कुना काप्चा तथा बार्दलीमा समेत दर्शक खुसि र हर्षले झुम्दै गीतमा साथ दिएका थिए l 

प्रारम्भिक चरणमा सभा कक्ष खाली रहेता पनि कार्यक्रम सुरु भए पछि खचाखच भरिएको थियो l नेपाली गीत र संगीतको आकाशमा पृथक पहिचान बनाउन सफल भएको १९७४ एडि  नेपाली परम्परागत बाद्यबादनहरु बाँसुरी ,मादल देखि आधुनिक बाद्यबादन समेत प्रयोग गरेका थिए l 

यो मन त मेरो नेपाली हो ,पुराना लोकप्रिय तथा नया गितियात्राका गीतहरु प्रस्तुत गरेका थिए l अमेरिकाको यात्रालाई हजार सपना यात्रा नाम राखिएको कार्यक्रममा नेपाली समुदायले भरपुर मनोरंजन लिएका थिए l झन्डै एक दशक पछाडी डिसीमा आफ्नो कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशी लागेको १९७४ एडि का कलाकारले बताएका थिए l 


र ,हामी नेपालबाट आएकोमा हामीलाई हौशला दिन पाल्नु हुने सबै प्रसंशक ,दर्शक आफ्ना साथीभाईलाई १९७४ एडिले बिशेष धन्यवाद दिएका थिए l यसै गरि हजार सपना यात्राका नया गीतका गीतकार लामो समय देखि भर्जिनियामा बसोबास गर्दै आएका अनुप पहाडी(बिध्या वारिधि )ले आफुले रचेको गितलाई चर्चित स्थापित कलाकारले गीत स्वीकार गरि गाई दिएकोमा बिशेष धन्यवाद दिएका थिए l 

यसै गरि यस कार्यक्रमको लागि बिशेष बिज्ञापन प्रायोजित गर्ने पिपुल एन टेक नामक संस्थाले कार्यक्रम हेर्न आएका दर्शकले भरेको चिट्ठाबाट भाग्शाली एक जना बिजेतालाई करिब ४ हजार डलर रकम बराबरको सुचना प्रबिधि सम्बन्धि छात्रवृद्धि यसका संस्थापकले कार्यक्रम बिच प्रदान गरेका थिए l 

कार्यक्रममा डिसी महानगर क्षेत्रमा रहेका स्थानीय कलाकारको संगीत मण्डलीको साथै भर्जिनियाकि बिद्यार्थी प्रकृति देउजाले सांगीतिक साँझ शुभारम्भ हुनु आ-आफ्ना गीतहरु प्रस्तुत गरेका थिए l कार्यक्रममा आयोजक संस्था भिन्तुना अन्तर्राष्ट्रियका सदस्यहरु कालो वस्त्रमा उपस्थिति भएका थिए भने कार्यक्रम संचालन अन्जना बुढाथोकी सापकोटाले गरेकी थिइन् l  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ