2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारी दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नुस् : कमल थापा

भदौ ४, ललितपुर | राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका गल्ती त्रुटि नदोहोर्‍याउने भन्दै भ्रष्टाचारी दण्डित भएको हेर्न चाहना राख्ने जनताले आगामी निर्वाचनमा राप्रपा नेपाललाई रोज्न आग्रह गरेका छन् ।

ललितपुरको जावलाखेलमा पार्टीद्वारा आज आयोजित कार्यक्रममा थापाले बेरोजगारी, महङ्गी, धर्म परिवर्तन, कुशासनको अन्त्य गर्न र जनताले अनुभुती गर्ने परिवर्तनको निम्ति विकल्पमा जानू पर्ने बताए । वैकल्पिक शक्ति राप्रपा नेपाल मात्रै भएको  दाबी गर्दै थापाले वैदेशिक हस्तक्षेपको अन्त्य गर्नको निमित्त राष्ट्रवादी शक्ति राप्रपा नेपाल बलियो हुनुपर्नेमा जोड दिए ।

नेपाली जनताले खोजेको परिवर्तन, विकास र समृद्धिको चाहना र सपना पूरा हुन नसकेको भन्दै ठुला दलहरू आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएकोले मुलुकको स्वाभिमान समेत कमजोर भएको तर्क गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम तिमल्सिनाले आगामी चुनावमा राप्रपा नेपालले ललितपुरबाट राम्रो जनमत प्राप्त गर्ने बताए । उनले राप्रपा नेपाललाई विश्वास गर्न ललितपुरे जनता समक्ष आग्रह गरे । कार्यक्रम सुरु हुनुअघि लगनखेल बसपार्कबाट नारासहित जुलुस प्रदर्शन गरिएको थियो । जुलुसको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो