कमल घिमिरे । भाद्र ४ । पाँचथर,पाँचथरको फिदिममा मदन पुरस्कारको लागी छनौट भएको कविता संग्रह ‘यादको सन्दुक’ को विमर्श गरिएको छ ।

दिपा मेवाहाङ राईको कविता संग्रह मदन पुरस्कारको आठौँ स्थानमा छनौटमा परेको छ । पाँचथर गजल मञ्चको आयोजनामा सम्पन्न विमर्श कार्यक्रममा देवेन्द्र सक्तेन, मधुराज केरुङ, राधा स्मृती र सुनिल आङ्बोले समिक्षा गर्नुभएको थियो ।

कविता संग्रहमा ४८ वटा कविताहरु रहेका छन् । कविता प्रेमिल, गहकिलो,नारीवादी रहेको समिक्षकहरुले बताएका छन् । विमर्श कार्यक्रम पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related News