२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा कुवेत हिँडेका ३९ जना महिलालाई विमानस्थलबाट प्रहरीले फर्कायो

८ भाद्र २०७९, बुधबार ०८:४२

भदौ ८, काठमाडौं | भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकेको छ।

बुधबार बिहान साढे ३ बजे अल जजिराको उडानबाट कुवेत जान लागेका ३९ महिलालाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले रोकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए।


‘दुबई जाने सिधा फ्लाइट पनि छ। तर कुवेत हुँदै दुबई कमै जान्छन्। त्यो पनि घुम्नलाई भिजिट भिसामा,’ उनले भने, ‘मान्छेहरूले छोटो-सस्तो भाडा खोज्छन्। तर उनीहरूले यसरी यात्रा गर्न लागेको हुँदा शंका लागेको हो।’ एसएसपी क्षेत्रीले भने।

त्यहाँ भएका महिलाहरू धेरैले मजदुरी गरिरहेको पनि प्रहरीको भनाई छ। मजदुरी गरेर काम गर्नेले दुबईमा घुम्न सक्छौं त भनेर प्रहरीले प्रश्न गर्दा उनीहरूले उत्तर नदिएको प्रहरीले जनाएको छ।

‘उनीहरू भिजिट भिसामा जान लागेका हुन्। कहाँ जान लागेको भन्दा दुबई घुम्न भन्छन्। घुम्न जानलाई पैसा छ भन्दा बैंकको कागज देखाउँछन्, कागज एउटा बैंकको बोकेका छन्। भन्दा अर्कै बैंकको नाम लिन्छन्,’ उनले भने, ‘सोधपुछ गर्दा शंकास्पद लागेर हामीले रोकेका हौ।’

उनीहरूलाई प्रहरीले माइती नेपालमा बुझाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा