Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको भाउ घट्ने क्रम जारी, बिहीबार ९०० रुपैयाँ ह्रास

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १६, काठमाडौँ |</b> बिहीबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।&nbsp;<br></p><p>यसअघि, बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर ११ सय रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ३० रुपैयाँ कायम रहेको थियो ।</p>