४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसको विशाल तेल कम्पनीका मालिकको ‘झ्यालबाट खसेर’ मृत्यु

१७ भाद्र २०७९, शुक्रबार ११:१०

भदौ १७, काठमाडौँ | रुसको विशाल तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर ज्यान गएको छ। लूकओइल रुसको सबभन्दा ठूलो निजी कम्पनी हो।

बीबीसीले कम्पनीले उनको मृत्युको पुष्टि गरेको उल्लेख गरेको छ । उनी ६७ वर्षका थिए। म्यागानोभको ‘गम्भीर बिमारीपश्चात्’ निधन भएको उक्त कम्पनीले जनाएको छ। रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोस्थित सेन्ट्रल क्लिनिकल अस्पतालमा उनको उपचार भइरहेको थियो र उनको चोटपटकका कारण मृत्यु भएको छ।


झ्यालबाट खसे कि हाम फाले ?

रुसमा चर्चित व्यापारीहरूको रहस्यमय परिस्थितिमा मृत्यु भएका शृङ्खलाबद्ध घटनामा म्यागानोभको मृत्यु पछिल्लो घटना हो। अनुसन्धान अधिकारीहरूले उनको मृत्युको कारणबारे जान्ने प्रयास भइरहेको बताएका छन्। समाचारसंस्था तासका अनुसार बिहीवार बिहान अस्पतालको छैटौँ तल्लाको झ्यालबाट उनी खसेका थिए। पछि उक्त समाचारसंस्थाले उनले आत्महत्या गरेको उल्लेख गर्‍यो।

रुसले युक्रेन अतिक्रमण गरेलगत्तै लूकओइलको सञ्चालक समितिले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्न आह्वान गरेको थियो। उसले पीडितहरूप्रति सहानुभूति पनि प्रकट गरेको थियो। कम्पनीका अर्बपति अध्यक्ष भ्यागिट आलेकपेरोभले एप्रिलमा ब्रिटेनले उनीविरुद्ध आर्थिक प्रतिबन्ध लगाइदिएपछि राजीनामा दिएका थिए।म्यागानोभको क्षमताकै कारण कम्पनी विश्वकै ठूला ऊर्जा कम्पनीमध्ये एक बन्न पुगेको कम्पनीले जनाएको छ। उनले उक्त निजी तेल कम्पनीमा सन् १९९३ देखि काम गरेका हुन्। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ