भदौ १८, काठमाडौं | भारतमा रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसको टायर पन्चर भएपछि सडक छेउमा रोकिको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाइते भएका छन् भने घाइते मध्ये ६ जनाको अवस्ता गम्भीर रहेको छ ।
रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो ।
गोवा जाँदै गर्दा युपी ९३ बि.टि. ९९४४ नम्बरको बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडीबाट ट्रकले ठक्कर दिएको हो । बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।