राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर १ बाट सिफारिस

साझासवाल
1 Min Read

भदौ १८, हेटौँडा | राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट केन्द्रीय अध्यक्ष कमल थापाको नाम सिफारिस गरेको छ।

शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर-१ को क्षेत्रीय समितिको संयुक्त बैठकले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा राप्रपा  थापाको नाम एकल सिफारिस गरेको हो ।

राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मकवानपुर-१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापा लाई सर्वसम्मतले निर्णय गरेको हो। जिल्लाको अन्य प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम तय गर्ने राप्रपा नेपाल मकवानपुरले जनाएको छ |

Leave a Comment

Leave a Reply