२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सी र एम्बाप्पे चम्किदा पीएसजीको सहज जीत

२०७९, १९ भाद्र आईतवार ०६:२७

भदौ १९, काठमाडौँ | स्टार फरवार्डद्धय लियोनल मेस्सी र केलियन एम्बाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नान्टेसलाई ३-० गोलले पराजीत गर्दै पीएसजीले लिगमा सहज जीत निकालेको हो ।


लुइस फोन्टेनेउमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन एम्बाप्पेले दुई गोल गर्दा नुनो मेन्डेसले एक गोल गरे । एम्बाप्पेको दुवै गोलमा मेस्सीले एसिस्ट दिए ।

खेलको १८ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा फाबियो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नान्टेस १० खेलाडीमा समेटिएको थियो ।

५४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । यस्तै ६८ औं मिनेटमा मेन्डेसले गोल गर्दै पीएसजीलाई ३-० गोलको जीत दिलाए ।

जीतसँगै पीएसजी ६ खेलबाट १६ अंक जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ भने पराजित नान्टेस समान खेलबाट ६ अंकको साथ दसौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित