५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सी र एम्बाप्पे चम्किदा पीएसजीको सहज जीत

१९ भाद्र २०७९, आईतवार ०६:२७

भदौ १९, काठमाडौँ | स्टार फरवार्डद्धय लियोनल मेस्सी र केलियन एम्बाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नान्टेसलाई ३-० गोलले पराजीत गर्दै पीएसजीले लिगमा सहज जीत निकालेको हो ।


लुइस फोन्टेनेउमा भएको खेलमा पीएसजीलाई जीत दिलाउन एम्बाप्पेले दुई गोल गर्दा नुनो मेन्डेसले एक गोल गरे । एम्बाप्पेको दुवै गोलमा मेस्सीले एसिस्ट दिए ।

खेलको १८ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा फाबियो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नान्टेस १० खेलाडीमा समेटिएको थियो ।

५४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । यस्तै ६८ औं मिनेटमा मेन्डेसले गोल गर्दै पीएसजीलाई ३-० गोलको जीत दिलाए ।

जीतसँगै पीएसजी ६ खेलबाट १६ अंक जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ भने पराजित नान्टेस समान खेलबाट ६ अंकको साथ दसौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा