भदौ २०, काठमाडौँ | सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

सोमबार प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम गरेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा ११ सय १५ रुपैयाँ रहेको थियो ।

Related News