2026-09-08 05:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा श्रमशक्तिको अभाव भएपछि स्थायी आप्रवासन गर्ने पाउने विदेशीको कोटा बढ्यो

भदौ २०, काठमाडौँ | अस्ट्रेलियाले देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ।

चालु आर्थिक वर्षमा अस्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५,००० ले बढाउँदै कुल एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति दिने भएको छ।

कोभिड महामारी र सीमासम्बन्धी अस्ट्रेलियाको कडा नीतिका कारण धेरै क्षेत्रमा कर्मचारीको अभाव बढेको छ।

अस्ट्रेलियामा चीन, भारत र ब्रिटेनजस्ता देशबाट धेरै आप्रवासन हुन्छ। सरकारले तिनै देशबाट कामदारको आपूर्ति गर्न आवश्यक रहेको बताएको छ।

अस्ट्रेलियामा नेपालीको सङ्ख्या पनि उल्लेख्य छ।

लाखौँ पद रिक्त

अहिले देशभरि विभिन्न किसिमका जागिरका लागि चार लाख ८० हजार पदहरू रिक्त छन्।

अस्ट्रेलियामा बेरोजगारी ५० वर्षयताकै सबैभन्दा कम हुँदा रोजगारदाताहरू कामदारको अभावका कारण उत्पन्न खाडल पुर्न सङ्घर्ष गरिरहेका छन्।

पर्यटन तथा आतिथ्य, स्वास्थ्य सेवा, कृषि र सीपयुक्त दक्ष कामदार चाहिने उद्योगहरू बढी प्रभावित भएका छन्।

क्यान्बरामा गत साता भएको राष्ट्रिय रोजगार सम्मेलनका क्रममा कामदारको अभावले विमानस्थलहरू अस्तव्यस्त बनेका, फलफूल बोटमै कुहिन थालेको र अस्पतालहरूमा ठूलो दबाव उत्पन्न भएको बताइएको थियो।

“हामी जहिले पनि अस्ट्रेलियाली नागरिकले पहिले काम पाऊन् भन्नेमा केन्द्रित हुन्छौँ… तर कोभिडको प्रभाव यति गम्भीर छ कि अन्य सबै सम्भावना सकिँदा पनि हामीलाई अझै हजारौँ कामदारको अभाव हुनेछ – कम्तीमा सानो अवधिका लागि भए पनि,” गृहमन्त्री क्लेर ओ’नीलले भनिन्।

सन् २०१० को मध्यमा अस्ट्रेलियामा स्थायी आप्रवासन प्रतिवर्ष लगभग एक लाख ९० हजार पुगेको थियो।

त्यो सन् २०१७ ताका घट्यो। किनभने त्यस बेला आप्रवासन राजनीतिक विवादको विषय बन्न पुगेको थियो।

तर व्यापारी, युनियनमा संलग्न व्यक्तिहरू तथा प्रतिपक्षी दलका नेताहरूले थप आप्रवासी आवश्यक पर्नेमा जोड दिएका थिए।

उनका अनुसार अहिले अस्ट्रेलिया प्रतिभाको खोजी गर्ने लडाइँमा भएको देखिने प्रणालीबाट बाहिर निस्किरहेको छ।

अहिले स्वास्थ्यकर्मीका लागि सङ्ख्या ४,७०० र अरू क्षेत्रका लागि ९,००० बढाइएको छ।

त्यस्तै सरकारले लामो समयदेखि बाँकी रहेको भिसा आवेदनको अन्तिम निर्णय दिने काममा सहयोग गर्ने कर्मचारीका लागि थप ३.६० करोड डलर दिने वाचा गरेको छ।

महामारीको समयमा बसाइँसराइ कम भएको भए पनि सन् २०१६ यता १० लाखभन्दा बढीबब मानिस अस्ट्रेलियामा बस्न गएका छन्।

अस्ट्रेलियामा विदेशी मूलका मानिसको सङ्ख्या बढ्दै

सन् २०२१ मा गरिएको जनगणनाअनुसार अस्ट्रेलियाको जनसङ्ख्या दुई करोड ५५ लाख पुगेको छ।

पहिलो पटक अस्ट्रेलियामा आधाभन्दा बढी जनसङ्ख्या विदेशमा जन्मिएका वा आमाबाबु विदेशमा जन्मिएका व्यक्तिको भएको ‍खुलेको छ।

त्यो सन् २०१६ को तुलनामा २१ लाख बढी हो। त्यहाँको जनसङ्ख्याको औसत आयमा केही वृद्धि भएको छ।

आधुनिक अस्ट्रेलियालाई आप्रवासीहरूले बनाएको देश भनेर चिनिन्छ।

गत वर्ष गरिएको जनगणनाले देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी मानिस विदेशी मूलका भएको देखाउँछ।

महामारीका बेलामा अस्ट्रेलियामा आउने आप्रवासीहरूको सङ्ख्या घट्यो। तर सन् २०१६ यता मात्र अस्ट्रेलियामा १० लाख मानिसहरू बसाइँ सरेका थिए। त्यसमध्ये एकचौथाइ मानिस भारतका हुन्।

अहिले अस्ट्रेलियामा पाँचमध्ये एक व्यक्तिले घरमा अङ्ग्रेजीबाहेक अर्को भाषा बोल्ने गर्छन्।

अरू तथ्याङ्क

गत वर्षको जनगणनामा आफूलाई आदिवासी समुदायको बताउने मानिसको सङ्ख्या अघिल्लो गणनाको भन्दा बढी देखिएको छ। अहिले आदिवासी मूलका मानिसको सङ्ख्या आठ लाखभन्दा बढी अर्थात् कुल जनसङ्ख्याको ३.२ प्रतिशत जति छ।

अस्ट्रेलियाको तथ्याङ्क विभागका अनुसार इसाई धर्म मान्ने मानिसको सङ्ख्या अहिले ४४ प्रतिशत जति छ। पाँच दशकअघि कुल जनसङ्ख्याको ९० प्रतिशतले उक्त धर्म मान्थ्यो।

हिन्दू र इस्लाम धर्मका अनुयायीको सङ्ख्या तीव्र गतिमा बढिरहेको देखिन्छ। तर तिनको कुल सङ्ख्या तीन-तीन प्रतिशत मात्र छ। बरु कुनै धर्म नमान्ने मानिसको सङ्ख्या ९ प्रतिशतले बढेर ३९ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ