२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ

२०७९, २७ भाद्र सोमबार ०५:१६

भदौ २७, गोरखा | गोरखामा रक्सीले मात्तिएर १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन्। 

बाग्लुङ गलकोट- ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। रानामाथि चुमनुब्री ३ पामो (सिर्दिबास)की १४ वर्षीया बालिका बलात्कार गरेको आरोप छ। गत शनिबार अपरान्ह साँढे पाँच बजे बारीमा तरकारी टिप्न गएकी बालिकामाथि बलात्कार गरेको आरोपमा घटनास्थलमै स्थानीयले अमल्दार रानालाई नियन्त्रणमा लिई प्रहरी चौकीमा जिम्मा लगाएका थिए। 

प्रत्यक्षदर्शी एक महिलाले घटनास्थलमा पुगेर स्थानीयलाई हारगुहार गरेपछि गाउँलेले घेरा हालेर प्रहरीको जिम्मा लगाएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्। पीडित बालिकाका अनुसार रानाको मुखमा रक्सी गन्हाईरहेको थियो। विगत १७ वर्षदेखि नेपाली सेनामा कार्यरत राना अहिले बेनिघाट आरुघाट लार्के सडक निर्माण कार्यदलमा कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने