2026-09-22 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ वर्षीय नेपाली युवाले पाए युरोपियन फुटबल क्लबबाट कन्ट्र्याक्ट

भदौ २८, काठमाडौँ | १५ वर्षीय नेपाली शाश्वत् रानाले च्याम्पियन्स लिग टिम एफसी कम्पेन्ह्याजेनबाट तीन वर्षको प्रोफेसनल कन्ट्र्याक्ट हात पारेका छन् । उनले २०२२ देखि २०२५ सम्म अन्डर १७–अन्डर १९ का लागि कन्ट्र्याक्ट पाएका हुन् ।

एफसी कम्पेन्ह्याजेन क्लबका डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनकका अनुसार शाश्वत्‌लाई १९ वर्षसम्म एफसी कम्पेन्ह्याजेनको सिनियर टिमबाट खेलाउने हिसाबले यो कन्ट्र्याक्ट दिइएको हो ।

डेनमार्कमै जन्मिएर हुर्केका शाश्वत्‌ले ६ वर्षको उमेरदेखि फुटबल खेल्न थालेका हुन् । हिलरप खेलकुद क्लबदेखि लिङबाई बल क्लबहुँदै १४ वर्षमा एफसी कम्पेन्ह्याजेन आएका रानाले उमेर समूहमा लिभरपुल, चेल्सी, आरबी लेप्जिग, पीएसभी, वेस्ट ह्याम, बायर्न न्युनिखजस्ता टिमहरूसँग खेल खेलिसकेका छन् । 

लेफ्ट विङ ब्याक शाश्वत् केही महिनाअघि नेपाल एसएएएफ अन्डर २० को क्लोज क्याम्प ट्रेनिङमा पनि सहभागी थिए ।  उनका बुबा विवेक राना नेपालका पूर्वकराँते खेलाडी हुन् भने आमा सुशीला हमाल विगत १८ वर्षदेखि डेनमार्कमै एभरेस्ट रेमिट्यान्स चलाएर बसिरहेकी छन् । शाश्वत् २०२० को युथ वर्ल्ड पन्ना च्याम्पियन पनि हुन् । मौका पाए एक दिन नेपालका लागि खेल्ने इच्छा भएको शाश्वत् बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो