५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपबारे ‘पर्ख र हेर’को अवस्थामा प्रहरी, क्यान र प्रहरीले भगाएको मानवअधिकारकर्मी अन्सारीको आरोप

२९ भाद्र २०७९, बुधबार १०:१७

भदौ २९, काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि  बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने चार दिनयता सम्पर्कविहीन छन्। 

सन्दीप ६ भदौमा केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या हुँदै क्यारेबियन प्रिमियर लिगका लागि सेन्ट लुसिया पुगेका थिए। सेन्ट लुसियामा भएकै बेला उनीविरुद्ध नेपालमा गत २१ भदौमा १७ वर्षीया एक नाबलिगले जबर्जस्ती करणीको आरोपमा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्।

नेपाल जानु अघिल्लो दिन सन्दीपले कफी पिउन बोलाएर पटक–पटक करणी गरेको आरोप किशोरीले लगाएकी छन्। सन्दीपविरुद्ध उजुरी परेपछि क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले उनलाई निलम्बन गरिसकेको छ। क्यानले निलम्बन गरेसँगै उनको टिम जमैक तलावाजले क्यारेबियन प्रिमियर लिगबाट पनि सन्दीपलाई हटाएको थियो।

सोही दिन सन्दीपले सामाजिक सञ्जालमा आफू निर्दोष भएको र अनुसन्धानमा सहयोग गर्न नेपाल आउने बताएका थिए। तर त्यसपछि एक पटक क्यानको सम्पर्कमा आए पनि त्यसयता उनी क्यानसँग सम्पर्कमा छैनन्।

उनी स्वदेश आएको भए ४ वटा ट्रान्जिट पार गरेरै पनि मंगलबारसम्म नेपाल पुगिसक्नुपर्ने हो। तर न उनी नेपाल आएका छन्, न त प्रहरी र क्यानलाई नै केही जानकारी गराएका छन्।

नेपाल नआएपछि सन्दीपले बाहिरै बसेरै कानुनी परामर्श लिइरहेको अनुमान प्रहरीको छ। सन्दीप सम्पर्कविहीन भएपछि प्रहरी ‘पर्ख र हेर’को अवस्थामा पुगेको छ। सन्दीप नेपाल फर्किएपछि थप अनुसन्धान अघि बढाइने बताएको प्रहरीले उक्त मुद्दामा उनलाई पर्खिरहेको छ। 

‘सन्दीपले आफैं नेपाल आउने भनेपछि हामीले अन्य प्रक्रिया अघि बढाएका छैनौं,’ काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले भने। उनका अनुसार प्रहरीले अन्तिम विकल्पका रूपमा इन्टरपोलको माध्यमबाट सन्दीपलाई नेपाल ल्याउनेछ। सन्दीप नफर्किए केही दिनमा इन्टरपोलको प्रक्रिया अघि बढाउने उनले जानकारी दिए।

के हुन्छ इन्टरपोलको प्रक्रिया?

अन्तर्राष्ट्रिय आपराधिक प्रहरी संस्था (इन्टरपोल) विभिन्न देशहरूका प्रहरीबीच सहकार्य गरी अन्तर्राष्ट्रिय स्तरमा आपराधिक गतिविधिविरुद्ध संयुक्त रूपमा कार्य गर्ने संस्था हो। यसमा १९४ देश आबद्ध छन्।

आपराधिक घटनाका अपराधी वा अभियुक्त देशबाहिर रहेको अवस्थामा प्रहरीले इन्टरपोल प्रक्रिया अघि बढाउँछ।

सामान्यतया अदालतले दोषी करार गरी फरार सूचीमा रहेका व्यक्तिलाई इन्टरपोलमार्फत स्वदेश ल्याउने काम हुन्छ। उजुरी मात्रै परेको र अदालतले दोषी करार नगरिसकेका कारण सन्दीपविरुद्ध इन्टरपोल प्रक्रिया सुरु नहुने टिप्पणी सामाजिक सञ्जालमा भइरहेका छन्। तर गम्भीर मुद्दामा पक्राउ पुर्जीकै आधारमा पनि इन्टरपोलको प्रक्रिया अघि बढाउन सकिने नेपाल प्रहरीको इन्टरपोल शाखामा काम गरिसकेका एक पूर्वअधिकारीले बताए।

‘सन्दीपविरुद्ध बलात्कारजस्तो गम्भीर आरोप लागेको छ। यस्तोमा प्रहरीले अदालतको पक्राउ पुर्जीकै आधारमा इन्टरपोल प्रक्रिया अघि बढाउन सक्छ,’ उनले भने। जिल्ला अदालत काठमाडौंले गत बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

मानव अधिकार आयोगकी पूर्वसदस्य अन्सारीको आरोप– सन्दीपलाई प्रहरी र क्यानले भयागो

मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले सन्दीपलाई प्रहरी र क्यानले नै भगाउन सहयोग गरेको टिप्पणी गरेकी छन्। बुधबार बिहान ट्वीट गर्दै उनले सन्दीप लामिछाने भाग्नु दण्डहीनता संस्थागत हुनुको परिणाम भएको बताएकी छन्।

उनले भनेकी छन्, ‘सन्दीप लामिछाने भाग्नु भनेको दण्डहीनता संस्थागत छ भन्ने परिणाम हो। सन्दीपलाई भगाउनमा प्रहरी र क्रिकेट संघको हात छ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता