असोज २, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ९२ पैसा र बिक्री दर १२७ रुपैयाँ ५२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८७ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् सुची :-