४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुई महिनामा ११६ भन्दा बढी देशसँग नेपालको वैदेशिक व्यापारः २१ देशसँग नाफा, ११६ देशसँग घाटामा

९ आश्विन २०७९, आईतवार १०:२२

असोज ९, काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालले विश्वका १२१ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । 

भन्सार विभागले आज सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार सो अवधिमा वैदेशिक व्यापार भएकामध्ये ११६ देशसँग घाटा रहेको छ । मात्र २१ देशसँग नेपालको वैदेशिक व्यापार नाफामा रहेको विभागले जनाएको छ । 


गत साउन र भदौ महिनामा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात र २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । बितेका दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ रहेको छ । 

विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, जोर्डन, युनाईटेड अबर इमिरेट्स, बेल्जियम, ओमान, अष्ट्रेलिया, भियतनाम, थाइल्याण्ड, मलेसिया, फ्रान्स, बंगलादेश, युक्रेन, दक्षिण कोरिया, साउदी अरेबिया, सिंगापुर, ब्राजिल र टकी रहेका छन् । 

यस्तै, स्वीट्जरल्याण्ड, कतार, क्यानडा, ताइवान, दक्षिण अफ्रिका, पोल्याड, जर्मनी, पराग्वे, इटाली, भुटान, अमेरिका, इजरायल, नेदरल्याण्ड्स, न्युजल्याण्ड, जापान, तान्जानिया, फिलिपिन्स, मेक्सिको, लिथुवानिया, मोजाम्बीक, आयरल्याण्ड, रुस, पाकिस्तान, इथियोपिया, नाइजेरिया, कुवेत, चिली, चेक रिपब्लिक, स्पेन, ग्वाटेमाला, म्यानमार, इजिप्ट, ग्रिस, बहराइन र स्वाजील्याण्डसँग पनि नेपालको व्यापार घाटा रहेको छ । 

भेनेजुयला, फिनल्याण्ड, गाबोन, युगाण्डा, मादागास्कर,  बुल्गेरिया, सर्विया, केन्या, श्रीलंका, हंगेरी, डोमेनिकन रिपब्लिक, रोमानिया, कोस्टारिका, पेरु, कजाकास्तान, स्लोभाकिया, मंगोलिया, पपुवा न्युगिनी, मोरक्को, यमन, इरान, नामिबिया, ग्रेनाडा, सर्विया, ट्युनिसिया, सियरा लियोन, बेलारुस, सुरीनेम, जर्जिया, साइप्रस, माल्टा, जमैका, माल र बु्रनाईसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागका अनुसार नेपालको व्यापार नाफा रहेका देशमा बोलिभिया, इराक, एंगोला, सुडान, लाट्भीया, मोनाको, क्रोयसिया, लेबनान, इस्टोनिया, मौरिसस्, आइसल्याण्ड, पोर्चुगल, स्लोभेनिया, न्यु कलेडोनिया, स्वीडेन, बेलायत, उरुग्वे, अष्ट्रिया, नर्वे र कम्बोडिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै