2026-09-22 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रान्स स्तब्ध, क्रोयसिया फाइनल चरणमा

असोज १०, काठमाडौं | डेनमार्कले आइतबार युइएफए नेसन्स लिगमा  फ्रान्सलाई २-० ले स्तब्ध बनाएको छ । यद्यपि डेनमार्कले शीर्ष स्थानमा बस्दै फाइनल प्रवेश गर्ने अवसर भने गुमाएको छ ।

पहिलो हाफमा कास्पर डोल्बर्ग र आन्द्रियास स्कोभ ओस्लेनको गोलमा डेनमार्कले फ्रान्समाथि २-० को अग्रता लिदै फाइनल प्रवेशको सम्भावना बलियो पारेको थियो । 

तर, लिग ए ग्रुप १ को अर्को खेलमा क्रोएसिया अस्ट्रियाविरुद्ध ३-१ को जित निकालेसँगै डेनमार्कको फाइनल प्रवेशको बाटो बन्द भएको थियो । 

क्रोएसियाले ६ खेलमा १३ अंकसहित शीर्ष स्थानमा बस्दै आगामी वर्ष जुनमा हुने फाइनलमा स्थान बनायो । दोस्रो स्थानको डेनमार्कको भने १२ अंक रह्यो । तेस्रो स्थानको फ्रान्सको पाँच र चौथो स्थानको अस्ट्रियाको चार अंक रह्यो ।

डेनमार्कविरुद्धको हारले रेलिगेशनको संघारमा पुगे पनि अस्ट्रियाले क्रोएसियालाई नतिजा सुम्पिएसँगै फ्रान्स लिग बी मा घटुवा हुनबाट जोगिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो