१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायोचित सिट बाँडफाँट नभए प्रचण्डविरुद्ध उम्मेदवारी दिने गुरुराज घिमिरेको चेतावनी

११ आश्विन २०७९, मंगलवार १२:०९

असोज ११, काठमाडौं | नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने बताएका छन् । साथै उनले प्रचण्डलाई आफूहरूको भाग नखोस्न चेतावनी दिएका छन् । 


मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता घिमिरेले पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने उनले बताए । ‘कांग्रेसबाट विद्रोह गरेर चितवन ३ मा उठ्छु । उनले मोरङ ४ माओवादी केन्द्रले लगे चितवन गएर प्रचण्डसँग चुनाव लड्ने चेतावनी दिएका हुन् ।

'मोरङ ४ कांग्रेसको वर्चस्व भएको क्षेत्र हो । त्यहाँबाट चुनाव लड्ने मैले आकांक्षा राखेको छु । तर,  यो क्षेत्र सिट बाँडफाँट हुँदा माओवादी केन्द्रलाई दिने सहमति भएको छ भन्ने सुनेको छु,' उनले भने, 'कांग्रेसका साथीहरूको भाग खोस्ने हो भने प्रचण्डसँगै लड्न चितवन किन नजाने ? उहाँले हाम्रो भाग खोस्नुहुन्छ, हामी उहाँसँग प्रतिस्पर्धा गर्न जान्छौँ ।' 

उनले समानुपातिकतर्फको बन्दसूची नसच्याए देशभर विद्रोह गर्ने चेतावनी दिए । 'हामीले असोज १६ गतेसम्म पर्खिन्छौँ । बन्दसूची नसच्याए देशभर विद्रोह सुरु हुन्छ,'उनले भने । 

नेता घिमिरेले पार्टी नेतृत्वले २०६४ यताका कुनै पनि निर्वाचनमा आफूहरूलाई उम्मेदवार बनाउन नचाहेको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट