असोज १२, काठमाडौं | वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोल मद्दतमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ ।
बुधबार बिहान मेसीको दुई तथा जुलियन अल्भारेजले एक गोल गरेपछी अर्जेन्टिनाले जमैकालाई ३-० ले पराजित गर्यो ।
खेलको १३औं मिनेटमा अल्भारेज पहिलो गोल गरे । ८६ औं मिनेटमा मेस्सीले अग्रता २-० को बनाए । ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गरे ।
यश अघि मेस्सी ५६औं मिनेटमा लौटारो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए । अर्जेन्टिना कतार विश्वकपको तयारीमा रहेको छ ।