१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायत पठाउने नाममा ठगी, सरकारको चासो

१२ आश्विन २०७९, बुधबार ०८:०७

असोज १२, काठमाडौं | सरकारी कोटामा बेलायत जान चाहने नेपाली नर्ससंग विभिन्न बहानामा पैसा असुलेको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न व्यक्ति तथा संस्थाहरुले सरकारका सम्बन्धित अधिकारीहरुसंग समन्वय गराइदिने आश्वासन देखाएर ठगी गरेको भन्ने केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि मन्त्रालयले यसबारे चासो देखाएको हो ।


यस प्रकारको कार्यले सरकारबाट लिइएको सुरक्षित र व्यवस्थित आप्रवासन नीति कार्यान्वयनमा जटिलता आउने मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेद्धारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ । साथै, कुनै पनि व्यक्ति तथा संस्थाहरुलाई गैरकानूनी कार्य नगर्न–नगराउन मन्त्रालयले आग्रह गरेको छ ।

‘यस प्रकारका कार्यले नेपाल सरकारबाट लिइएको सुरक्षित र व्यवस्थित आप्रवासन नीति कार्यान्वयनमा जटिलता आउने हुनाले संलग्न व्यक्ति तथा संस्थाहरुबाट यस प्रकारका गैरकानूनी कार्य नगर्न नगराउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न समझदारी प्रतिकूल हुने कुनै पनि क्रियाकलापप्रति मन्त्रालयले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने र यस कार्यमा संलग्नलाई वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

त्यस्तै, मन्त्रालयले बेलायत सरकारका सम्बद्ध अधिकारीहरुसँग निरन्तर वार्ता गरी कार्यान्वयन ढाँचालाई अन्तिम रुप दिने तयारी भइरहेको जानकारी गराएको छ । उक्त ढाँचा स्वीकृत भएपछि नेपाली नर्सहरुलाई बेलायतमा रोजगारी प्रदान गर्दा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया पारदर्शी तवरले अगाडि बढ्ने मन्त्रालयले प्रष्टाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट