2026-09-03 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी जुराइन्छ समुद्री आँधीको नाम ?

असोज २०, न्युयोर्क | समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । विनाशको पर्याय बनेको आँधीबाट नडराउने त कोही भएन् । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् । आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति गरेका छन् ।

यसै साता शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीले अमेरिकाको फ्लोरिडा राज्यमामा ठूलो भौतिक क्षति गरेको थियो । आँधीपछिको वर्षाका कारण कैयौँ घरहरू डुबेका थिए ।  आँधीका कारण १८ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका थिए आँधी हरेक क्षेत्रमा आउने गर्छ । आज हामी आँधीको क्षति भन्दा पनि त्यसको नाम कसरी जुराइन्छ भन्ने विषयमा चर्चा गर्न लागिरहेका छौँ । 

आँधीको पहिचान, त्यसले पु¥याउने क्षति र निश्चित आँधीसँग सम्बन्धित विषय सम्झनाका लागि लामो समयदेखि यसको नामाकरण गर्ने अभ्यास छ । आँधीको नामकरण गर्दा निश्चित साइक्लोनबारे रिपोर्ट गर्न र समुदायलाई तयार हुन सजिलो बनाउने विज्ञहरू बताउँछन् ।

यति आक्षांश र देशान्तरमा यसरी हावाहुरी आउँदैछ भन्नु भन्दा पनि त्यसलाई निश्चित नामले सम्बोधन गर्दा सहज हुन्छ । सुरूवाती दिनमा आँधीको नाम जथाभावी राखिन्थ्यो । सन् १९५० को मध्येदेखि आँधीको नाम राख्ने प्रचलन सुरू भएको हो ।

सुरूमा महिलाको नामबाट आँधीको नाम राखिन्थ्यो । विस्तारै जलवायु तथा मौसमविद्ले अक्षरको बर्णअनुसार नाम राख्न थाले । जस्तै पहिलो पटक आउने आँधीको नाम ए बाट राख्न थालियो । अर्को पटक आउने आँधीलाई बीबाट नामाकरण गरियो ।

यस्तो नामकरण सम्बन्धित क्षेत्रका राष्ट्रिय हुरिकेन सेन्टरले गर्छन् । र, ती सेन्टर विश्व जलवायु संगठन (डब्लुएमओ ) को अन्तराष्ट्रिय समितिबाट निरन्तर अपडेट हुन्छन् ।

सन् १९७९ पछि पहिलो पटक आँधीमा महिलाको नाम राखिन थालिएको थियो । सामान्यतया आँधका लागि ६ ओटा नाम ‘रोटेसन’ का आधारमा राखिन्छ । तसर्थ, सन् २०१९ मा राखिएको नाम सन् २०२५ पछि पुनः राखिन्छ ।

तर, कुनै आँधी विनाशकारी छ भने त्यसको नाम दोहोरिदैन् । त्यसको सट्टामा अर्को नाम रहन्छ । विनाशकारी आँधी आएमा डब्लुएमओ को ट्रोपिकल साइक्लोन कमिटीको वार्षिक वैठकले सो नाम सूचीबाट हटाउँछ र अर्को नाम राख्छ ।

आँधीका कुख्यात नाम जस्तै म्याङहट (सन् २०१८ मा फिलिपिन्समा), इर्मा एन्ड म्यारिया (सन् २०१७ मा क्यारिवियनमा), हायन (सन् २०१३ मा फिलिपिन्समा), स्यान्डी (सन् २०१२ मा अमेरिकामा ) क्याट्रिना (सन् २००५ मा अमेरिकामा) , मिच (सन् १९९८ मा होन्डुरसमा) र ट्रेसी (सन् १९४७ मा डार्विनमा ) को नाम सूचीबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही